पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराद्वारा अमर प्रहरी परिवारलाइ सम्मान ।।

राजा भट्ट, डडेल्धुरा,असोज २७
डडेल्धुरा प्रहरीले आज ६२ औ प्रहरी दिवस मनाएको छ । “नागरीक प्रहरी मिली तोडौ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो” भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो । 
सो अबसरमा अमर प्रहरी स्मारकमा माल्यार्पणगरी अमर प्रहरी परीवारलाइ सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सम्मान गरिएका अम्मर प्रहरी परिवारजनहरुमा क्रमसःअमर प्रहरी धर्म मल्लकि श्रीमती पार्वती मल्ल, दिलबहादुर ऐरका आमा इश्वरीदेबि ऐर, टेकबहादुर बोहराका बुवा पदमबहादुर बोहरा र हेमराज अवस्थीका भाइ दिपेन्द्र अवस्थी रहेका छन । 
यस्तै प्रहरी दिवसको अबसरमा पूर्व प्रहरि सहायक निरिक्षक गोपाल सिंह साउँद लगायत अन्य पुर्व प्रहरी कर्मचारी र बर्षभरी उत्कृष्ट कामगर्ने जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान प्रहरि.नायब.निरीक्षक. करबिर सिँह ऐर लगायत १० जना प्रहरीकर्मीलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहेका नि.प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले प्रहरी एक्लैले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकाले आम नागरिकले आ–आफ्नो क्षेत्रबाट प्रहरीलाइ सघाउनुपर्नेमा जोड दिनुभयो उँहाले डडेल्धुरामा शान्ति सुव्यवस्था कायम गर्न जिल्लास्थित सुरक्षा निकायहरु प्रतिवद्ध रहेको बताउनु भयो । चाडपर्बको बेला मात्रै नभएर अरु समयमा पनि समाजमा अपराध नियन्त्रण गर्न प्रहरी सदैव सक्रिय रहनु पर्ने उँहाले बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी रहनु भएका अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले अमर प्रहरीहरु प्रति श्रदान्जली अर्पण गर्दै अपराध नियन्त्रणका लागी सबैले प्रहरीलाई सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो । समाजमा शान्ति सुब्यवस्था र अमन चयन कायम कायम गर्न सकिए मात्रै समग्र बिकास निर्माणका काममा सहजता हुने जिकिरगर्दै नगरप्रमुख ओझाले डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकालाई सुन्दर नगर बनाउन सबैले हातोमालो गर्नुपर्ने धारणा राख्नु भयो । प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा   नेपाल प्रहरीका प्रहरी अधिकृत लगायत अमर प्रहरी परीवार, भुतपुर्व प्रहरीकर्मीहरु, स्थानिय अगुवा, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधीहरु, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीहरु तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा