पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संविधानसभा निर्वाचनको छानबिन समितिको प्रतिवेदन अनुमोदन

काठमाडौं, असोज २७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकले दोस्रो संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको बैठकमा सो प्रतिवेदन पेस गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सन्दर्भमा भविष्यका लागि उपर्युक्त निर्वाचन प्रणाली अपनाउन विश्वका संसदीय व्यवस्थासमेतको अध्ययन गरी सैद्धान्तिक र नीतिगत सुझाव दिइएको जानकारी दिए ।

दोस्रो संविधानसभाको निर्वाचन वि.सं. २०७० मंसिर ४ मा भएकामा २०७१ जेठ ३० गतेको बैठकले नेकपा माओवादी केन्द्र र मधेसकेन्द्रित दलको मागका आधारमा सो समिति गठन गरेको थियो ।

समितिको अवधि दुईपटक थप गरिएको थियो । रासस

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री