पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालको अर्थतन्त्र विस्तार अनुमान गरिएभन्दा कम दरमा : एडीबी

काठमाडौं, असोज १२ । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा अनुमान गरिएभन्दा कम दरले अर्थतन्त्रको विस्तार हुने प्रक्षेपण गरेको छ ।

बैंकका अनुसार यस वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै रहने जनाएको छ । एडीबीले यसअघि आफैंले गरेको प्रक्षेपणलाई हटाएको हो ।

सुरुमा ५.४ प्रतिशतका दरले नेपाली अर्थतन्त्र बढ्ने एडीबीको प्रक्षेपण थियो ।

अर्को ठूलो दातृ निकाय विश्व बैंकले वृद्धिदरको प्रक्षेपण घटाएलगत्तै एडीबीको पनि यो अध्ययन सार्वजनिक भएको हो । विश्व बैंकले ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

एडीबी र विश्व बैंक दुवैको प्रक्षेपण सरकारी अनुमानभन्दा २ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेटमा यस वर्ष ६.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । –कान्तिपुर दैनिकबाट

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा