पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, असोज १२ । नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको उपस्थितिमा भएको सम्झौताबाट दुबै देशबीचको सम्बन्ध थप उचाइमा पु‍¥याउन कोशेढुंगा सावित हुने बताइएको छ ।

दुबै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औं वर्ष पुगेको अवसरमा भएको सम्झौताबाट दुबै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो सुरुवात हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स युएइको अबुधाबी हुँदै ओमन पुगेको हो ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री