पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको सबै परिणाम आयो

काठमाडौं, असोज ११ । २ नम्बर प्रदेशमा भएको स्थानीय तह निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।

१३६ स्थानीय तह रहेको २ नम्बर प्रदेशमा सबै तहको मतपरिणाम सार्वजनिक भएको हो ।

बुधबार साँझ सप्तरीको राजविराज नगरपालिकाको परिणाम आएसँगै सबै नतिजा सार्वजनिक भएको हो ।

योसँगै १३६ स्थानीय तहमध्ये ४० तहका प्रमुख/अध्यक्षमा जितेर नेपाली कांग्रेस २ नम्बर प्रदेशमा पहिलो दल बनेको छ ।

२६ तह जितेको संघीय समाजवादी फोरम दोस्रो र २५ तह जितेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तेस्रो बन्न सफल भएको छ ।

यसैगरी, माओवादी केन्द्रले २१ स्थानीय तह, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालले एक स्थानीय तहमा जितेका छन् ।

घोषित पछिल्लो परिणामअनुसार राजविराज नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार शम्भुनाथ यादव विजयी भएका हुन् । उपमेयरमा पनि राजपाकै साधना झा विजयी भइन् ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री