पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराको अजयमेरु गाँउपालिका–३ भद्रपुरमा अस्थायी प्रहरी बिट स्थापना ।।

नरेन्द्र मल्ल,असोज ११,डडेल्धुरा
डडेल्धुराको अजयमेरु गाँउपालिका–३ भद्रपुरमा बुधबार अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । ‘टोल–टोलमा प्रहरी’ भन्ने अभियानका साथ प्रहरीले सो क्षेत्रका बिभिन्न गाँउहरुलाई मध्यनजर गर्दै तत्कालका लागि भद्रपुर माबिको भवन छेउमा अस्थायी प्रहरी बिट स्थापना गरिएको हो । बुधबार स्थापित सो बिटबाट चौबीसै घण्टा सुरक्षा निगरानी गर्ने प्रहरीले जनाएको छ । प्रहरी बिट स्थापना भएपछि आफूहरुले सुरक्षाको आभाष गरेको स्थानीयहरुले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक चक्र राज जोशीले अस्थायी प्रहरी बिट स्थापना भएपश्चात जुवा तास तथा रक्सी सेवनका कारण समाजमा हुने अपराधिक घटनामा कमी आउने बताएका छन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनक राज भट्टले आवश्यक परेको क्षेत्रमा स्थानियहरुको माग अनुसार सुरक्षाका लागि प्रहरी चौकि स्थापना गर्न पहल गर्ने आश्वासन दिएका छन ।

यस्तै कार्यक्रममा बोल्दै अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट बिकासले अजयमेरु गाँउपालिकाको १ नम्बर वडा देखि ६ नम्बर वडा सम्म अजयमेरु प्रहरी चौकिले मात्रै हेरिरहेको हुँदा शान्ति सुरक्षामा असहजता भइरहेको बताएका छन । हरेक वडा र बस्तीमा प्रहरीको पँहुच पुगेमा मात्रै टोल–टोलमा प्रहरी भन्ने अभियान सार्थक देखिने र यसका लागि सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिएका छन ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा