पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चाडपर्वको समयमा हुने दुर्घटनालाई न्युनिकरण गर्न डडेल्धुरा ट्राफिक प्रहरी सक्रिय ।।

ध्रुब बिष्ट,असोज ११,डडेल्धुरा
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले पछिल्लो समयमा सवारी चेकजाँच तिब्र पारेको छ । हिन्दु नेपाली तथा सुदूरपश्चिमेलीहरुको चाडपर्व नजिकिए संगै सवारी नियम उल्लंघनका घटनामा बृद्र्धी हुन थालेपछि सवारी चेकजाँचलाई तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको कार्यालयका प्रहरी नायव निरिक्षक कृष्ण पुजाराले जानकारी दिएका छन । जिल्लाका अन्य ग्रामिण रुटहरुमा समेत सवारी साधन चेकजाँचमा कडाइ पारिएको उनको भनाई छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बसमा क्षमता भन्दा बढि यात्रु तथा सामान बोक्ने, बिलबुक बिना सवारी सञ्चालन, बिना हेलमेट मोटरसाइकल सञ्चालन र ओभरटेक लगायतका गलत प्रवृतिका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । चाडपर्वको समयमा नियम बिपरित सवारी साधन सञ्चालन गर्ने गाडी धनी तथा गाडी चालकलाई कानुन बमोजिम कार्वाही गर्ने समेत प्रहरी नायव निरिक्षक पुजाराले बताएका छन । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा