पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दशै नजिकिदै जाँदा डडेल्धुरा सदरमुकाममा किनमेल गर्नेहरुको भिड ।।

ध्रुब बिष्ट,असोज ११,डडेल्धुरा
दशै नजिकिदै जाँदा डडेल्धुरा सदरमुकाम लगायत अन्य मुख्य व्यापारिक केन्द्रहरुमा चहल पहल ह्वात्तै बढेको छ । जिल्ला सदरमुकामका हरेक पसलहरुमा ग्राहकहरुको भीड बढेको छ । दशैको लागि सर–सामान किन्न आएका सर्वसाधारणहरुको भीडले डडेल्धुराको साँघुरो सडकमा असाध्यै भिड बढेको छ । सडक किनारामा राखिएका किराना फेन्सी र डिपार्टमेन्टल स्टोरहरुमा सरसामान किनमेल गर्नेहरुको घुइँचो छ ।

उज्यालो भएदेखि साँझ अबेरसम्म सामान बेच्नेहरुले केही दिनयता खाना खाने समयका लागि समेत फुर्सद पाएका छैनन । विदेशिएकाहरु दसंै मनाउन घर फर्कने क्रम बढेकाले पनि बजारमा चहलपहल ह्वात्तै बढेको हो । दसंैको किनमेल गर्न आसपासका गाउँबाट समेत सर्वसाधारण सदरमुकाम डडेल्धुरा ओइरिएका छन । त्यसैगरी वैदेशिक रोजगारबाट फर्किएकाहरु पनि दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा खरिद गर्न पसल–पसल चहारिरहेका छन । दसंैको आगमनसँगै बढेको भीडभाडले यँहाका व्यवसायीहरुको व्यापार उकासिदिएको छ । किनमेल गर्ने आउनेहरुको सवारीहरुले बजारका मुख्य चोकहरु दिनहूँ भरिभराउन देखिने गरेका छन ।

आर्थिक अवस्था कमजोर भएकाहरु पनि ऋण काढेर भए पनि दसंैको किनमेल गर्न बजार पुगेका छन । अघिल्लो वर्षभन्दा हरेक सरसामानको मूल्यमा भारी वृद्धि भएको कतिपय उपभोक्ताहरुको गुनासो समेत छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा