पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली बालबालिका बेचिने क्रम बढेको तथ्यांकसहित राष्ट्रसंघद्वारा देउवाको ध्यानाकर्षण

काठमाडौं, असोज ११ । राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढ्दो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम नचालेकोमा आफ्नो ध्यानाकर्षण भएको पनि राष्ट्रसंघले जनाएको छ ।

न्यूयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अधिकारीहरुले घर र पढाई छाड्न बाध्य भएका तथा जोखिममा रहेका बालबालिकाप्रति चनाखो रहन पनि नेपाल सरकारलाई आग्रह गरे । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा ८० हजारभन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वन्चित हुनुपरेको पनि राष्ट्रसंघको तथ्यांक छ ।

बेलायतका पूर्व प्रधानमन्त्री गोल्डेन ब्राउन नेतृत्वको समूहले राष्ट्रसंघ महासभामा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली टोलीलाई पनि नेपाली बालबालिकाको अवस्थाबारे जानकारी गराएको थियो । ब्राउनले नेपालको द्वन्द्वकालमा बालबालिकाको समस्या र शिक्षाको पहुँचबारे पनि धारणा राखेका थिए ।

त्यही समयदेखि नै नेपालका बालबालिका भारत र अन्य मुलुकमा बेचिने गरेको तथ्यांक उनले प्रस्तुत गरेका हुन् ।

‘नेपालबाट ठूलो संख्यामा बालबालिका तस्करी गरेर भारत र अन्य देशमा बेचिन्छन् । मानव तस्करहरुले संगठित रुपमा बालबालिकाको डरलाग्दो व्यापार गरिरहेका छन् । राष्ट्रसंघमात्र होइन, नेपाल सरकारले पनि त्यसलाई रोक्न कदम चाल्नैपर्छ । आरम्भमा हामीले बालबालिकालाई विद्यालय फर्काउने र बेचबिखन हुने अवस्था रोक्ने नै हो,’ उनले भने ।

ब्राउन विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दूत हुन् । उनले विश्वका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने अभियान नै चलाएका छन् ।

विश्वमा हरेक ६ सेकेन्डमा एक बालबालिका विस्थापित भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्थाका बारेमा विवरण प्रस्तुत गरेका थिए । –कान्तिपुर दैनिकबाट

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री