पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्यटन मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं, असोज १० । निर्वाचन आयोगसँग सहमति नै नलिइ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई निर्वाचन आचारसंहिताविपरीत मन्त्रालयमा कामकाज गर्नेगरी तोक्ने पदाधिकारीहरूलाई आयोगले स्पष्टीकरण माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण माग गरेको हो ।

आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा गएको भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा निर्वाचन आयोगको सहमतिबिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई त्यस मन्त्रालयमा कामकाज गर्नेगरी तोकिएकोे विषय आचारसंहिताविपरीत भएको भन्दै काजमा तोक्ने पदाधिकारीहरूलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । रासस

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री