पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा सम्पन्न प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक ए लाई ।।

राजा भट्ट,असोज १०,डडेल्धुरा 
सात नम्बर प्रदेशमै पहिलो पटक डडेल्धुरामा आयोजित प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक ‘ए’ ले चुमेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मिनबहादुर थापा मेमोरियल फाउन्डेसन जोगबुडालाई ३–१ को सेटमा हराउदै आयोजक ‘ए’ ले उपाधि चुमेको हो । डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिते संगै आयोजक ‘ए’ ले नगद ५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाएको छ । उपबिजेतामा सिमिति मिनबहादुर थापा मेमोरियल फाउन्डेसन जोगबुडाले नगद २५ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो स्थानका लागि मंगलबार बिहान भएको खेलमा सहश्रलिङ चमडालाई ३–१ ले हराउदै कैलाली बहुमखी क्याम्पस (केएमसी) कैलालीले नगद १५ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्रमै चित्त बुझाएको छ ।
प्रतियोगितामा आयोजक ‘ए’ का टेक अवस्थी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै २५ सय नगद सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको स्ववियु सभापति जगत ऐरले जानकारी दिएका छन । 
प्रतियोगिताको वेस्ट स्पाइकर आयोजककै डम्बर भट्टराइ, वेस्ट वल्कर मिनबहादुर मेमोरियलका भैरव वम, वेस्ट लिफ्टर आयोजकका लोकेन्द्र गिरी र वेष्ट डिफेन्सर आयोजककै विनोद चन्द घोषित भएका छन । घोषित खेलाडीहरुले नगद १५ सयका साथै ट्रफि र प्रमाण पत्र पाएको स्ववियु सभापति ऐरले बताएका छन । वेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रतियोगितामा प्रदेश नं ७ का बिभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको थियो । खेल असोज ७ गते देखि डडेल्धुरा बहुमुखी क्याम्पसको किर्तिपुर स्थित छात्रावास खेलमैदानमा खेलाइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा आयोजित प्रतियोगिताका लागि प्रथम पुरस्कार वाफतको रकम प्रधानमन्त्री देउवाले उपलब्ध गराएको स्ववियु सभापति ऐरले जानकारी दिए । डडेल्धुरा बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस भएपनि पछिल्लो समयमा बिद्यार्थी संख्या घटदै गएकाले क्याम्पसको छविमा सुधार ल्याउन र बिद्यार्थी आकर्षण बढाउन प्रतियोगिता उपलब्धीमुलक बन्नेमा स्ववियु सभापती ऐरको विश्वास थियो । 
 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश