पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बडा दशै नजिकिए संगै डडेल्धुरा लगायत सुदूरपश्चिममा खसीबोकाको व्यापारमा बृद्धि ।।

ध्रुब बिष्ट,असोज ०७,डडेल्धुरा 
नेपालीहरुको महान चाड बडादशैं नजिकिए सँगै डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका विभिन्न व्यापारीक केन्द्रहरुमा खसी, बोकाहरुको व्यापार बढेको छ । दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुले अष्टमीको दिन घरमा विशेष पुजा गरि बोकाको बलि दिने र स्वेच्छिक रुपमा पनि मासुको प्रयोगका लागि यतिखेर बोकाको माग बढि हुने भएकाले व्यापार बढेको हो । जिल्ला सदरमुकाम डडेल्धुरामा किसानले अहिले बिभिन्न ग्रामिण क्षेत्रबाट खसीबोका बिक्री गर्न ल्याउने गरेका छन ।

दसैं आउनै लाग्दा बर्ष भरीमै बढी खसीबोका बिक्री हुने गरेको खसी व्यापारीहरुको भनाई छ । दसैंको सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि प्रायः किसानले पनि यही सिजनमा खसीबोकाको व्यापार गर्ने गरेका छन । जिल्लामा अहिले खसीको मासु प्रतिकिलो साढे पाँच सय रुपैयाँ भन्दा बढी रहेको उपभोक्ताहरुको भनाई छ । स्थानीयस्तरमा उल्लेख्य मूल्य नपाउने र तराई लगायत राजधानीसम्म पु¥याउँदा उचित मूल्य पाइने भएकाले व्यापारीले वर्षेनि खसीबोका डडेल्धुराबाट अन्यत्र समेत निर्यात गर्ने गरेका छन । ग्रामीण क्षेत्रका किसानहरुले समेत पछिल्लो समयमा सदरमुकाम, तराई र राजधानीमा खसी बिक्रीका लागि लैजाने गरेका छन ।

स्थानीय स्तरमा राम्रो मूल्य नपाउने र तराईलगायत राजधानीसम्म पु¥याउँदा फाइदा बढी हुने गरेको बाख्रापालकहरुको भनाई छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा बाख्रा पाल्ने किसानहरुको संख्या घट्दै गएकाले आवश्यकता अनुसार बोका नपाईने भएपछि तुलनात्मक रुपमा केही महंगो हुने गरेको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा