पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुबै हात गुमाएका गायक बम्जनले आफ्नै शब्द र संगीतमा ल्याए म्युजिक भिडियो

काठमाडौं, असोज ८ । द्वन्दकालमा दुबै हात गुमाएका गायक तथा संगीतकार टिका बम्जनले भर्खरै आफ्नो ‘फूल बारीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दुबै हात गुमाएका गायक तथा संगीतकार बम्जनले आफ्नै गीत, शब्द तथा संगीतमा जिनियस म्युजिकमार्फत ‘फूल बारीमा’ बोलको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

करिव ६०० भन्दा बढी गीतमा संगीत दिइसकेका बम्जनले विसं २०५९ मा द्वन्दकालमा दुबै हात गुमाएपछि मुखकै सहाराले गीत लेखन र संगीत कम्पोज्डलाई अगाडी बढाएका छन् ।

उनले भारतीय संस्था 'यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड'बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । यसअघि उनले चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत र चर्चीत ‘भिमफेदी गाइज’ समुहको गीतमा समेत संगीत दिइसकेका छन् ।

म्युजिक भिडियो यूट्युबमा सार्वजनिक गरिएको २४ घन्टामा दुई लाख दर्शकले हेरिसकेका छन् ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो