पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

 गिरिराज बाँस्कोटा

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

अमृत थापा सुस्त मनस्थितिका बुबा र दिदीका साथमा आफ्नो घरमा । तस्बिर : नागरिक

 

पाँचथर – अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने  अनि हतार हतार विद्यालय जाने  उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।

 

‘अस्तीको एक बोरा चामल थियो आधि सकिएको छ । अहिलेसम्म त पहिलाकै खाइरहेका छौँ । अव के हुन्छ खै ?’

बुवा सुस्त मनस्थितीका छन् । १६ वर्षीया दिदीपनि उस्तै । बुबाले अलि अलि घाँसकाटेर ल्याउँछन । हिडडुल गर्न समस्या छ । दिदीको अवस्था नाजुक छ । घरको जिम्मेवारी उनको काँधमा आइपुगेको छ । घरको आर्थिक अवस्था नाजुक छ । फुरुङग परेको डाँडामा उनको फुसले छाएको माटो ढुंगाको सानो पुरानो घर छ । घरभित्र सम्पतीका नाममा सीमित घरयासी सामान छन् । अन्नपातको राम्रो जोहो छैन । अन्नपातको जोहो कसरी गर्ने, कसरी पढ्ने ? अप्ठ्यारोमा परेका छन् उनी ।

अमृतको असजिला दिन एकमहिना अघिबाट शुरु भए जब समयमा उपचार नपाउँदा उनकी आमा मन्दिरा थापा अधिकारीको मृत्यु भयो । मेलापात, दुखसुख गरेर आमाले छोरालाई पढाउनुका साथै परिवार पालेकी थिइन् । अमृतले यो शाहारा गुमाएका छन् । ‘ममिले पढेर ठूलो मान्छे बन्नु पर्छ । धेरै पढेर हाम्रो दुःख हटाउनु पर्छ है भन्नु हुन्थ्यो । ममी पनी रहनुभएन । ड्याडीनी सक्नु हुन्न । दिदी पनि बिरामी छ । घाँसपात गरेर खाना पाकाएर स्कूल जान्छु अंकल’ अमृतले भने ‘अस्तीको एक बोरा चामल थियो आधि सकिएको छ । अहिलेसम्म त पहिलाकै खाइरहेका छौँ । अव के हुन्छ खै ?’ उनको स्वरमा आमाको वियोग र पीडाको स्वर थियो । स्वर कामेझै लाग्थ्यो । बुवा चन्द्रबहादुर अलि अलि काम गर्छन । दिदी कमलाको काम गर्ने अवस्था छैन। 

मन्दीराले दुखले हुर्काएकी थिइन । निक्कै दुख गरेर सुस्त मनस्थितिका श्रीमान र छोरी तथा अमृतको पालन पोषण गरेकी थिइन । उनको निधन पछि अमृत यो जिम्मेवारीमा आइपुगे । देब्रे हातको औला नभएकी मन्दीरालाई विभिन्न रोगले च्यापेको थियो । सुरुमा उपचार गर्न पाइनन् । उपचारका लागि पैसा थिएन । पटक पटक उपचारका लागि अस्पताल जान्छु भन्ने मन्दीराले राम्रो उपचार पाउन सकेको थिइन । गाँउलेहरुले चन्दा उठाएर उपचार गराउने प्रयास गरे । चन्दाको पैसाले उपचार गर्न पुगेन । पाँचथर अस्पताल आइपुगिन् । गाडी भाडापनि नभएपछि ड्राइभरले भाडा नलिइ ल्याइदिएका थिए । विद्यार्थीको कोठमा बसेर उपचार गराइन । उठ्न बस्न नसक्ने उनी विस्तारै सुनिदै गएकी थिइन् । उपचारका लागि तपड्पिएको लामो समय पछि उपचारका लागि दमक लगियो । तर यो ढिला भइसकेको थियो । उनको मृत्यु भयो । गरिवले समयमा उपचार गर्न नसक्दा आमाको मृत्यु भयो । यही गरिवीले १३ वर्षीय बालक अमृतलाई थिचेको छ।
आमाको निधन भएको वेला अमृतले आमाको अनुहार देख्न पनि पाएनन् । उनी यतै थिए । साउनमा ठूलो पानी परेको बेला आमाको मृत्यु भयो । उनको साहारा भन्नु आमा थिइन । कलिलो उमेरमा आमाको किरियामा बसे । उनको कलिलो बाल मनस्थिति कै अवस्थामा आमाको मृत्यु पछि उनको काँधमा जिम्मेवारी आएको छ । 

पैसा छैन् । पढ्न निक्कै मन रहेको उनले सुनाए । बुवा र दिदीको स्वास्थ्य अवस्था र घरको आर्थिक अवस्थाका कारण उनको जीवनमा निक्कै कठिनाई रहेको सामाजिक परिचालिका रुष्मा खडकाले बताइन । यहाँभन्दा बिजोक हुने ठाउँ नरहेको उनको भनाइ छ । आमाले समयमा उपचार पाइनन्, अब नाबालकको काँधमा निक्कै कठिन जिम्मेवारी आएको खड्का सुनाउँछिन । चन्द्रबहादुर धनकुटाका हुन् । धनकुटबाट यता आएकाले दाजूभाई छैनन् । ससुरालीकै जग्गामा बसेका हुन् । 

दैनिक आवश्यकीय सामाग्री जुटाउन कठिन छ । खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामाग्री जुटाउन निक्कै कठिन छ । दुख गरेरै भएपनि पढ्ने अमृतले सुनाए । ‘ममीको सपना पुरा गर्ने मन छ । ममी हुँदा त खान पकाउनुनी पर्थेन’ अमृत भन्छन् ‘कसरी चाहिने समान भेला गर्ने थाहा नै छैन् ।’ उनीहरूको तीन–चार रोपनी जग्गा छ । सानो घर छ । घाँस, दाउरा जुटाउन पनि समस्या छ । ८ गते आमाको ४५ दिनको मासे गर्दैछन अमृत । अमृतको पढाई र परिवारका लागि सहयोगी हातहरूको आवश्यकता रहेको समाजिक परिचालक खडका बताउँछिन् । ‘राम्रो सहयोग हुन सके भाइले पढ्न पाउँथ्यो । पढ्नमा  तेज छ’– उनले थपिन् ।

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली