पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धुवाँ धुलोबाट आँखालाई यसरी जोगाउनुहोस् ।।

डा. अरुणप्रसाद ढुंगाना –
काठमाडौंमा अहिले जताततै धुवाँधुलो बढेको छ । यसले वातावरणलाई त असर गरेकै छ नै । मानिसको स्वास्थ्यलाई पनि जोखिम बढाएको छ । धुवाँधुलोले आँखालाई झन् बढि असर गरिरहेको छ । आँखाको परेलामा धुलो जम्ने र त्यसले इन्फेक्सन गराउने गर्दछ । आँखाको किनारामा धुलो टाँसिदा आँखा सुनिन सक्छ । धुलोले आँखाको बाहिरी भागको पातलो झिल्लीमा मासु पलाउने समस्या पनि देखिएको छ । यो सूर्यको हनिकारक किरण  र धुलोका कारण आँखामा मासु पलाउने समस्या आएको हो । यो धेरै मानिसमा देखा पर्ने गरेको छ । धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले आम नागरिकको समस्या भएको छ ।
यसले मुख्य रोगका रुपमा आँखाको एलर्जी समस्या निम्त्याएको देखिन्छ । अस्पतालमा आउने धेरै बिरामीमा आँखा चिलाउने तथा विझाउने समस्या देखिएको छ । धुलोका कणले आँखा रातो हुने, चिलाउने, सुनिने हुने गर्दछ भने यसले सुख्खा पनि हुने गरेको पाईन्छ । मानिसको आँखामा हुने सुख्खापन एउटा विकराल समस्याको रुपमा रहेको छ । धुलोले आँखामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरेको पाईन्छ । आँखाको विभिन्न भागमा एलर्जी गराउने गरेको छ । एलर्जी भएको ठाउँमा व्याक्टेरियल संक्रमण हुने संभावनासमेत छ । 


आँखाको ढकनीमा बारम्बार आनो आउने समस्या पनि धूलो र प्रदुषणका कारणले हुने गरेको हो । धुलोका कारण आँसु निकाल्नुपर्ने आँखाको ग्रन्थीले काम नगर्ने वा कम काम गर्ने र आँसु राम्रोसँग ननिक्लनाले आँखामा संक्रमण हुने गरेको छ । आँसु निकाल्ने ग्रन्थीको प्वाल धुलोले बन्द हुँदा संक्रमण हुन सक्ने संभावना रहन्छ ।
धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निक्लने गरेको छ । यस्तो समस्या विकराल रुपमा देखिरहेको छ । यस्ता समस्या र सडकमा उड्ने धुलोबाट आँखालाई बचाउन चस्मा लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ । नियमित रुपमा दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय समयमा जाँच गराई राख्नु पनि आवश्यक हुन्छ ।
कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको छ । आँखामा सुख्खापन भएर उपचार गराउनु भन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ । धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चस्मा लगाउनु पर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपाय नै चश्मा नै हो । 

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली