पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चुरोट छाड्ने सजिलो काइदा

 

धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ, जुन कुरा सबैलाई थाहा भएकै कुरा हो । सबैलाई थाहा भए पनि दुःखको कुरा चुरोट तान्नेहरूको संख्या भने झन् बढ्दो छ । चुरोटले हाम्रो शरीरका सबैजसो अंगमा असर गर्छ । चुरोट सेवन गर्ने ३० देखि ५० वर्षसम्मका व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँच गुणा बढी हुन्छ । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धूम्रपानका कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना बढाउँछ ।

धूम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।

सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।

मुटुको रक्तनली साँघुरो बनाउँछ ।

चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।

चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।

यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयाघात गराउँछ ।

ेसुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।

महिलाले सुर्ती सेवन गरे बाँझोपना बढ्ने, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने तथा बच्चाको अचानक मृत्यु हुने सम्भावना हुन्छ ।

हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि भाँचिन सक्छ ।

फोक्सोमा क्यान्सरः चुरोट सेवनले फोक्सोमा भयावह स्थिति पैदा गर्छ । चुरोट सेवन गर्ने

मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसभन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।

चुरोट छाड्दा हुने फाइदा

चुरोट सेवन बन्द गर्नेबित्तिकै हृदयाघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।

केही अध्ययनले चुरोट छाडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएका छन् ।

केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।

बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।

रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।

स्वाद र सुँघ्ने क्षमतामा सुधार आई खाना बढी रुचाउँछ ।

शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।

चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पु¥याउने हुँदा चुरोट बन्द गर्दा अरूको 
स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

कसरी छाड्ने ?

आत्मविश्वास बढाउनुहोस् । दृढ संकल्पविना चुरोट छाड्न सकिँदैन ।

धूम्रपान गर्दा शतप्रतिशत बेफाइदा हुन्छ भन्ने सोच्नुपर्छ ।

निकोटिन प्याक पाइन्छ बजारमा । यसले चुरोट खाने बानी हटाउन

सक्छ । यो खाएपछि बिस्तारै लत हटाउन मद्दत गर्छ ।

बजारमा कृत्रिम चुरोट पनि पाइन्छ । यसमा निकोटिनको मात्रा न्यून मात्रामा हुन्छ । यसले लत लागेको मानिसलाई छाड्न सघाउँछ ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो