पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका मुख्य व्यापारिक केन्द्रमा स्थानिय स्तरमा उत्पादित आलुको माग उच्च ।।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा स्थानिय स्तरमा उत्पादित आलुको माग दिन प्रतिदिन बढदै गएको छ । रासायनिक मल र विषादिको प्रयोग नगरि शुद्ध अर्गानिक पद्धतिबाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने गरेका कारण स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको हो । गोठेमलको प्रयोगले आलुलाई स्वादिष्ट बनाउने हुँदा ग्रामिण क्षेत्रमा उत्पादित हुने आलुको माग बढदै गएको कृषक धौली ताम्राकारले जानकारी दिनु भएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा किसानहरुले आलुको खेती गर्दै आएका छन । जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा सडक सञ्जालले छोए पछि डडेल्धुराका बिभिन्न पकेट क्षेत्रका किसानहरु आलु खेती तर्फ लागेका हुन । जिल्लाको मुख्य व्यापारिक केन्द्र बागबजार, तुफानडाँडा, किर्तिपुर, स्याउले तथा पोखरा बजार लगायत बाह्य जिल्लामा समेत स्थानिय आलुको माग बढदै गएको छ । गाँउघर बाटै स्थानिय आलुको मुल्य प्रति किलो २० देखि २२ रुपैयाँ सम्म पर्ने गरेको बताउदै बजार क्षेत्रमा २५ देखि ३० रुपैँया किलोका दरले स्थानिय आलु बेच्ने गरेको हर्क भाटले बताउनु भएको छ । ७ पहाडी जिल्लाको मुख्य केन्द्र डडेल्धुरा जिल्लामा तराइबाट आलु भित्रिने गरेपनि ग्राहकहरु अहिले स्थानिय स्तरमै उत्पादित आलु रुचाउने गरेका छन । निम्न आयस्रोत भएका ग्राहकहरुले मात्रै बाध्यताले तराईको आलु खरिद गर्ने गरेका छन ।
 

बुधबार परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिमका किसानहरु हर्षित ।।

गर्मीयाममा परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका कृषकहरु निकै हर्षित भएका छन । मकै छर्न र धानको बिँउ राख्नका लागि बैशाखको अन्तिम साता

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने ।।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । बिगतका बर्षहरुमा यस सुदूरपश्चिम क्षेत्रमा मलको चरम अभाव हुने भएपनि

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले