पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष जोड दिएको छ । आज सकिएको आठ वटै सदस्य देशका अर्थमन्त्री र उच्च अधिकारी सम्मिलित बैठकले दक्षिण एसियाका एक अर्ब ७० करोड जनताको जीवनस्तर उकास्न एसियाली विकास बैंकजस्ता बहुपक्षीय निकायको सहयोग पनि उत्तिकै अपरिहार्य हुनेमा जोड दिएको हो । दक्षिण एसियाको आर्थिक समृद्धिका लागि क्षेत्रीय सहयोग प्रवद्र्धनका दिशामा केही प्रगति भएको र आर्थिक तथा वित्तीय सहयोगमा वृद्धि भएकोमा अर्थमन्त्रीहरुले प्रशन्नता प्रकट गरेका थिए । लगानी संरक्षण तथा प्रवद्र्धन, अन्तर क्षेत्र लगानी विस्तार, सेवा व्यापारमा सहकार्य र साझेदारी, दोहोरो कर प्रणालीको अन्त्य, व्यापार सहजीकरण, जल, स्थल, वायुमार्गबाट सदस्य मुलुकलाई जोड्ने, ऊर्जा सहायता अभिवृद्धि तथा पूर्वाधार निर्माणका क्षेत्रमा पारस्परिक समन्वय एवम् सहकार्यमा पनि बैठकले जोड दिएको छ ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल फास्ट ट्रयाक निर्माण कार्य अलपत्र ।।

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल दु्रतमार्ग फास्ट ट्रयाक ठेकेदारका कारण अलपत्र परेको छ । फास्ट ट्रयाक निर्माणका लागि