पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कसैका छोरी र ज्वाइँ जिताउन गठबन्धन गरेका होइनौं ओली...।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको गठबन्धन स्वभाविक भएको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यो गठबन्धन देश र प्रजातन्त्रका लागि भएको दाबी गरे। काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर पाउने गरी तालमेल भएको हो। एमालेले मेयरमा विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाले राजाराम श्रेष्ठलाई अघि सारेका छन  नेपाली काँग्रेस र माओवादीले पनि काठमाडौं, पोखरा र भरतपुरमा तालमेल गरेका छन्। काठमाडौं र पोखराको मेयर काँग्रेसले र भरतपुरको मेयर एमाओवादीले पाउने गरि तालमेल भएको हो । भरतपुरमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरको उम्मेद्वार बनेकी छन ओलीले यही विषयलाई लिएर माओवादी(काँग्रेस गठबन्धनमाथि व्यंग्य गरेका हुन ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री