पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।  
ओबामा केयरको सट्टामा ल्याइएको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित भएको बिबिसीले जनाएको छ । विधेयक पारित गर्न २ सय १६ मत आवश्यक रहेकोमा २ सय १७ मत परेको थियो । डेमोक्रेटिक पार्टीका सांसदले यसको विपक्षमा मतदान गरेका थिए । अब यो विधेयक आगामी जुन महिनाभित्र माथिल्लो सदन अर्थात सिनेटमा पेश गरिनेछ ।  


यो विधेयक पारित भएसँगै राष्ट्रपति ट्रम्पले आफ्नो ३ महिने कार्यकालमा पहिलो वैधानिक जित हासिल गरेका छन् । गएको मार्चमा आफ्नै पार्टी रिपब्लिकनका सांसदको समर्थन जुटाउन नसकेपछि मतदान हुनुअघि विधेयक फिर्ता लिइएको थियो । नयाँ विधयेयकको डेमोक्र्याटिक पार्टीले मात्र नभइ बिरामी, डाक्टर तथा अस्पतालहरुले विरोध गरेका छन् ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

श्रीलंकामा मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।