पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२ नम्बर प्रदेश : शीर्ष नेतासहित उम्मेदवारहरु प्रचार प्रसारमा

काठमाडौं, भदौ २७ – आउँदो असोज २ गते हुने स्थानीय चुनावका लागि २ नम्बर प्रदेशमा मंगलबार पनि बिहानैदेखि उम्मेदवारहरुले प्रचार प्रसार गरेका छन् । उम्मेद्वार तथा दलका प्रतिनिधि मत माग्दै गाउँ गाउँमा पुगेका छन् । 

प्रदेश नम्बर २ को ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा २ गते स्थानीय तह चुनाव हुँदैछ । यो चुनावको प्रचारका लागि लागि मुख्य दलका शीर्ष नेतासमेत २ नम्बर प्रदेशमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवासहित शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न मंगलबर प्रदेश नम्बर २ जानुभएको छ । 

प्रधानमन्त्री देउवाले मंगलबर सप्तरीको राजविराजमा चुनावी सभालाई सम्बोधन गर्दै सप्तरीको चतरामा उच्च बाँध बनाउने विषयमा भारतसँग सहमति भएको भन्दै यसले डुबानको समस्या समाधान भई जिल्लाको समृद्धि हुने बताउनुभयो । उहाँले नेकपा एमाले मधेस विरोधी पार्टी भएको समेत आरोप लगाउनुभयो । 

निर्वाचन आचारसंहिता विपरित उहाँको सभाका लागि सरकारी तथा भारतीय नम्बरका गाडी पनि प्रयोग गरिएको थियो । चुनाव प्रचारका लागि कांग्रेसका शीर्ष नेताहरु तराई झरेका हुन् । शीर्ष नेताहरुले सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, महोत्तरी, बारा र पर्सामा हुने आमसभालाई सम्बोधन गर्ने काँग्रेसले जनाएको छ । एमाले, माओवादी केन्द्र तथा मधेश केन्द्रित दलका शीर्ष नेताहरु यसअघि नै तराई झरिसकेका छन् ।

आचारसंहिता पालना सम्बन्धमा निर्देशन

निर्वाचन आयोगले सरकारलाई निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा उम्मेदवारले प्रचारका लागि पार्टी र चुनाव चिन्ह अंकित टिसर्ट, झोला, स्टिकर, गम्छा, सल खादा जस्ता सामान वितरण गर्ने क्रम बढेको भन्दै त्यस्ता सामाग्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । 

यस्तै स्थानीय तहका कार्यक्रमको उदघाटन नगर्ने गरी मात्र मन्त्री तथा सांसदलाई त्यस्ता कार्यक्रममा सहभागी हुन सहमति दिन सरकारलाई निर्देशन दिएको छ । यस्तै निर्वाचन आचारसंहिता लागू हुनुपूर्व सरुवा भएका कर्मचारीलाई यथाशीघ्र आफ्नो दरबन्दीमा जान रमाना दिन तथा काज रहेको भए दरबन्दीमा काज फिर्ता गर्न पनि भनेको छ । आयोगले राजनीतिक कार्यक्रममा भाग लिन जाँदा सरकारी गाडी र स्रोतको प्रयोग नगर्न फेरि पनि निर्देशन दिएको छ । 

उपसभामुख र एनटिभीका अध्यक्षलाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई स्पष्टीकरण सोधेको छ । उपसभामुख यादवले चुनावको प्रचारप्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको तथा नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष दाहाल पार्टीको कार्यक्रममा सहभागी भएको सूचना पाएकाले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । एनटिभीका अध्यक्ष दाहाल सोमबार ललितपुरमा भएको नेपाली कांग्रेसको कार्यक्रममा सहभागी भएको आयोगले जनाएको छ । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री