पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा टमाटर खेती नष्ट गर्ने टुटा किरा भेटियो ।।

पुस्कर भण्डारी , भदौ २७, डडेल्धुरा
टमाटर खेती नष्ट पार्ने मुख्य शत्रु मानिएकोे टुटा एब्सोलुटा (गोलभेडाको पात खन्ने किरा) नामको किरा डडेल्धुराका कृषकहरुले लगाएको टमाटर बारीमा भेटिएको छ । टुटा एब्सोलुटा किरा डडेल्धुरामा पहिलो पटक देखा परेको हो । यो किरा टमाटरखेतीका लागि अत्यन्त आक्रामक स्वभावको शत्रु रुपमा लिने भएकाले यसलाई टमाटरको पात खन्ने किरा पनि भनिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । टुटा एब्सलुटा नामको किरा मुख्यतया गोलभेंडाको फल र प्याकेजिङ्ग सामग्रीहरु ओसारपसार गर्दा तराईका जिल्ला बाट डडेल्धुरा भित्रिएको हुन सक्ने कृषि विकास कार्यालय डडेल्धुराका बरिष्ठ कृषि अधिकृत दिलबहादुर बिष्टले बताए । टुटा किराले टमाटरको विरुवालाई फुलबाट निस्कनासाथ लार्भाले पात, डाठ, मुना र फल भित्र छेडेर विरुवालाई नै पुर्ण तया नष्ट गर्ने भएकाले यो किरालाई टमाटरका लागि मुख्य शत्रुका रुपमा लिने गरेको वरिष्ठ कृषि बिकास अधिकृत विष्टले जानकारी दिए । अमरगढी नगरपालिका–७ पोखराका कृषक बसन्ती पार्कीले लगाएको टमाटर खेती लाई चेकजाचँ गर्नका लागि पुगेको इन्वाईटा र अनुकुलन परियोजनाले उक्त टुटा नामको किरा भेटिएको जनाईएको छ । अमरगढी नगरपालिकाको पोखरा स्थित प्लाष्टिक घरमा लागाएको टमाटरमा टुटा देखिएको बहुउद्धेश्यिय विकास समाज डडेल्धुरा अन्तर्गत रहेको अनुकुलन परियोजनाका कृषि अधिकृत शन्तोष बिष्टले बताए । उक्त टुटा किराले टमाटर खेतीलाई शत प्रतिशत सम्म नोक्सानी पु¥याउने भएकाले यसको समयमा उपचार गर्न नसके टमाटर खेतिलाई पुर्ण नष्ट पार्ने कुराले किसान चिन्तित बनेका भए पनि यसको नियन्त्रण गर्ने पासो वा प्रविधी परियोजनाले दिएकाले उक्त किरालाई नियन्त्रण गर्नमा आशावादी रहेको पोखराका कृषक डम्वर कैनीले बताए । 
डडेल्धुरामा पहिलो पटक देखिएको यो किरा जिल्लाभर नै फैलिएको हुन सक्ने कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सस्थाले अनुमान गरेका छन । अमरगढी नगरपालिकाको पोखरामा पहिलो पटक टुटा भेटिएको हो । यो किराले टमाटरको विरुवाको क्षति ग्रस्त पातलाई नियालेर हेर्दा सेतो झिल्ली भित्र लार्भा देख्न सकिने र वरीपरी कालो बिस्टा पनि भेटिने गरेको कृषि अधिकारीहरुले जानकारी गराए । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा