पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भौगोलिक बनावट र अव्यवस्थित शहरीकरणले डडेल्धुरा जिल्ला भुकम्पको उच्च जोखिममा ।।

पुस्कर भण्डारी, भदौ २७, डडेल्धुरा

भौगोलिक बनावट र अव्यवस्थित शहरीकरणले डडेल्धुरा भुकम्पको उच्च जोखिममा रहेको छ । पुराना डिजाईनका घर र नँया बनाउनेले पनि भुकम्प प्रतिरोधी नबनाउदा डडेल्धुरामा भुकम्पको उच्च जोखिम रहेको हो । डडेल्धुरा सदरमुकाम क्षेत्रमा १३ सय ९४ घर धुरी रहेका छन । जसमध्ये लगभग ५० प्रतिशत घर मात्रै अमरगढी नगरपालिकाको कार्यालयमा नक्सापास गरि बनाईएका छन । नक्सा पास गरिएका घरहरु पनि मापदण्ड अनुसार १० प्रतिशत पनि छैन्न । व्यवहारिकतामा नक्सापास गरिएका लगभग ५० प्रतिशत जति घर धुरी संख्या रहेको अमरगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय डडेल्धुराका सुचना अधिकारी लालबहादुर साँउदले बताए । उनले दिएको जानकारी अनुसार भुकम्पको उच्च जोखिममा रहेको भनिएको डडेल्धुरा जिल्ला सदरमुकाममा नै भवन निर्माण आचार संहिता एवं भुकम्प प्रतिरोधात्मक घर तथा भवन कुनै पनि छैनन । भुकम्प प्रतिरोधात्मक घर बनाउदा भु तथा माटो परिक्षण गरि बनाउनु पर्छ । अमरगढी नगरपालिको कार्यालयमा विगत ६÷७ महिना यता काउन्सिल दर्ता गरेका प्राबिधिक नै छैन्न । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीको तथ्यांकमा उल्लेख भए अनुसार डडेल्धुरा तथा सात नं. प्रदेशमा कुनै पनि समय ७ देखि १० रेक्टर स्केल सम्मको भुकम्प जान सक्ने खतरा छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्राबिधिक ईञ्जिनयर भुपेन्द्रजंग केशरी चन्दका अनुसार डडेल्धुराको भित्रि मधेश क्षेत्र भएर बग्ने रंगुन नदि मुनि दुई वटा प्लेट रहेका छन । जमिन मुनि रहेका प्लेट दाँया, बाँया सर्न सक्ने, भासिन सक्ने वा विष्फोटन हुन सक्ने खतरा हो । यस कारण डडेल्धुरालाई भुकम्पको उच्च जोखिम रहेको जिल्लाका रुपमा हेरिएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा