पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका ४८ सल्लेरी वनमा खोटो संकलन वन्द ।।

प्रकाश वहादुर भाट,२४ भाद्र,डडेल्धुरा
जिल्ला वन कार्यालय डडेल्धुराले तिन वर्षको अवधीमा ४८ सल्लेरी सामुदायिक वनमा खोटो संकलन गर्ने कार्य वन्द गरेको छ । खोटो संकलनका कारण सल्लेरी वन विनास हुन थालेकाले अनुगमन गरेर जिल्ला वन कार्यालय डडेल्धुराले तिन वर्षको अवधीमा ४८ सल्लेरी सामुदायिक वनमा खोटो संकलन गर्ने कार्य वन्द गरेको पत्रकार प्रकाश वहादुर भाटले खबर पठाएका छन । आर्थीक वर्ष २०७२÷०७३ देखी चालु आर्थिक वर्षमा जिल्ला वन कार्यालय डडेल्धुराले खोटो संकलन भईरहेका सामुदायिक वनको अनुगमन गरेर सामुदायिक वन उपभोक्ता समुह संगको सहकार्यमा खोटो संकलन वन्द गरेको छ । चार दशक देखी निरन्तर रुपमा खोटो संकलन भईरहेका, खोटो संकलन निर्देशिका विपरित खोटो संकलन भईरहेका सामुदायिक वनमा खोटो संकलन गर्ने कार्य वन्द गरिएको छ । बर्षौ देखी निरन्तर रुपमा खोटो संकलन हुँदा सल्लेरी वन विनास हुन थालेपछि अनुगमन गरेर हाललाई ४८ सल्लेरी वनमा खोटो संकलन वन्द गरेको जिल्ला वन कार्यालय डडेल्धुरामा प्रमुख ईन्द्रमणी भण्डारीले बताएका छन । विस्तारै डडेल्धुराका सम्पुर्ण सल्लेरी वनमा खोटो संकलन कार्य वन्द गर्नु पर्ने समेत प्रमुख भण्डारीले वताए । खोटो संकलन निर्देशिका विपरित देखी चार दशक देखी निरन्तर रुपमा खोटो संकलन हुँदा डडेल्धुराका सल्लेरी वन विनास हुने अवस्थामा पुगेका छन । यँहा वर्षेनी २५ सय मेट्रीक टन खोटो संकलन हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा