पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ओखरवाट वर्षेनी लाखौं कमाउछन डडेल्धुराका व्यवसायी ।।

धनबहादुर भण्डारी,२५,डडेल्धुरा
डडेल्धुराका ओखर व्यवसायी वर्षेनी ओखर व्यवसायवाट लाखौ रुपैंयाँ आम्दानी गर्न सफल भएका छन् । सुदुरपश्चिमका पहाडी जिल्लालाई र तराईका जिल्ला सहित देशका अन्य जिल्ला जोड्ने प्रमुख नाकाको रुपमा रहेको डडेल्धुराका स्याउले वजारका ओखर व्यवसायी ओखर वेचेर वर्षेनी लाखौ रुपैंयाँ आम्दानी गर्ने गरेका पत्रकार धन बहादुर भण्डारीले खबर पठाएका छन । स्याउले वजार सहित डडेल्धुरा सदरमुकाम वसापार्क क्षेत्रमा रहेका दर्जनौ व्यापारीहरु ओखर वेचेर वर्षेनि एक लाख देखी दुई लाख सम्म आम्दानी गर्ने गरेको वताउछन् । पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराका विभिन्न स्थानवाट उत्पादित ओखर जिल्ला सदरमुकामको वसपार्क र स्याउले वजारमा ल्याई प्रतिकिलो सात सय देखि सातसय पचास सम्ममा वेच्ने गरेको व्यवसायीहरुको भनाई रहेको छ । 
डडेल्धुरामा बैतडी, दार्चुलामा उत्पादित ओखर बिक्रिका लागि आयात हुने गरेका छ । डडेल्धुरामा ओखर प्रति किलो सात सय देखी ७ सय ५० रुपैंयाँमा विक्रि भईरहेको छ डडेल्धुरा वसपार्कका ओखर तथा फलफुल व्यवसायी तारा ऐरले वताउनु भयो । पाचँ क्विन्टल विभिन्न जिल्ला वाट खरिद गरि विक्रि गर्दा एकलाख भन्दा वढि मुनाफा हुने गरेको ताराले जानकारी गराउनु भयो । अहिलेको सिजनमा डडेल्धुरामा ओखरको ब्यापारलाई मूख्य ब्यापारका रुपमा लिने गरिन्छ । डडेल्धुराको स्याउले वजारमा पसलै पिच्छे विक्रिका लागि ओखर राखिएका छन । सिजनमा एउता व्यापारीले अन्य जिल्लावाट समेत ओेखर खरिद गरि वेच्ने गरेको वताउछन । एकजना व्यपारीले एक सिजनमा एकलाख देखि दुईलाख सम्म कमाउने गरेको स्याउलेका स्थानिय रमेश दियालले जनाउनु भयो । अन्य वर्षको तुलनामा यो वर्ष ओखरको मुल्य पनि वृद्धि भएको पाईन्छ ।
गत वर्ष सम्म ओखर एककिलोको ५ शय सम्म पर्ने गथ्र्यो भने यो वर्ष ओखरको माग वढेको उत्पादनमा कमी आएको कारण ७ शय भन्दा माथी रहेको स्याउलेका ओखर व्यवसायीहरुको भनाई रहेको छ । दान गनेर ल्याउनु पर्ने र पसलमा ल्याइृ सुकाउदा आफ्नो मिहिनेत जोड्दा धेरै मुनाफा नभए पनि एक सिजनमा पाचँ लाख लगानी गरि ओखर बिक्री गर्दा एक देखि दुई लाख सम्म मुनाफा हुने गरेको स्याउलेका एक व्यपारीले जानकारी गराउनु भयो । अन्य जिल्लाबाट समेत ओखर निर्यात गरी डडेल्धुरामा ठुलो मात्रामा बर्षेनी ओखरको ब्यापार हुने गरेको छ । यो वाटो ओहर दोहर गर्ने यात्रुहरु यहा वाट ओखर तराईका जिल्ला कञ्चनुर कैलाली सहित राजाधानी सम्म कोसेलीको रुपमा लैजाने गर्दछन् । ओखर मात्रै नभई यहाका व्यापारी मौसम अनुसारको फलफूल वेचेर जिविको पार्जन गर्दै आईरहेका छन् । शुदुरपश्चिमका विभिन्न पाहाडी जिल्ला वाट खरिद गरि ल्याएको ओखरलाई घाममा सुकाउदै डडेल्धुरा स्याउलेका ओखर व्यवसायीहरु । मौसमी फलफुल वेचेर यस क्षेत्रका व्यपारीहरु ले मनग्य आम्दानी गर्दै आएका छन । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा