पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणको बार्षिक समिक्षा गोष्ठी सम्पन्न ।।

सपना सिंह,भाद्र२५,डडेल्धुरा
सन २०१२ देखी डडेल्धुरा जिल्लाका ग्रामिण क्षेत्रलाई सडक संजालसँग जोड्ने उद्धेश्यले ग्रामिण पहुँच तेस्रो चरणको कार्यक्रमले काम गरिरहेको छ । नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभागको सहयोगमा साविकको जिल्ला विकास समिति डडेल्धुराद्धारा संचालित ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणले सडक संजालबाट बंचित भएका जिल्लाका ग्रामिण क्षेत्रमा श्रममा आधारित, वातावरण मैत्री, सभागितात्मक पद्दती, र कुनै बिष्फोटक पदार्थ तथा भारी उपकरणहरुको प्रयोग विनानै अधिकतम स्थानिय श्रोत, साधन, र जनशत्तीको प्रयोग गर्दै सडक निर्माण कार्य गर्दै आएको छ । ग्रामिण पहुँच तेस्रो चरण कार्यक्रमका सामाजिक बिकास बिशेषज्ञ शंकर पोखरेलले जिल्लाका ग्रामिण क्षेत्रमा सडक निर्माणसँगै स्थानीय स्तरमा प्रयाप्त मात्रामा रोजगारीको सृजना गर्दै विपन्न तथा पछाडि पारिएका वर्ग तथा समुदायहरुको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याईरहेको बताउनुभयो ।

आईतबार जिल्ला सदरमुकाममा आयोजित ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणको बार्षिक समिक्षा गोष्ठीमा सन २०१२ देखि डडेल्धुरा जिल्लाका ग्रामिण क्षेत्रमा कार्य संचालन गरेको यस परियोजनाले आफ्नो निर्धारित समयमा आफ्नो लक्ष्य अनुरुपको कार्य गरी समुदायको मन जित्न सफल भएको भन्दै जिल्लाका सरोबारवालाहरुले धन्यबाद दिएका छन । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणका डडेल्धुरा जिल्लाका ईन्जिनियर निरन सुनुवारले उक्तm कार्यक्रम अन्र्तगत जिल्लामा सुरक्षित काम र प्रभावकारी विकासमा जोड दिदै बातावरण संरक्षणका लागि बायो ईन्जिनियरिंग गर्ने कार्य गरिदैँ आएको र सडकले प्रभावित गरेको स्थानहरु जस्तै घर, गोठ, पैदल हिड्ने बाटो, खानेपानी पाईप, धारा, पोखरी, चौतारो आदिलाई पुनस्थापित गर्ने कार्यले परियोजनालाई थप प्रभावकारी बनाएको जानकारी दिए ।

जिल्लाको ग्रामीण सडक मर्मत सम्हारका लागि हेरालु समेत परिचालन गरिएको छ । ग्रामीण सडकको नियमित रुपमा मर्मत तथा रेखदेख गर्नका लागि जिल्ला समन्वय समिती र ग्रामीण पहुँच कार्यक्रमले सडक हेरालु परिचालन गरेको हो । सडक मर्मत समूह बनाएर उनीहरुलाई नियमित मर्मतको काममा परिचालन गरिएको ग्रामीण पहुँच कार्यक्रमका ईन्जिनियर सुनुवारले बताए । खनिएका सडकको अवस्था बिग्रन नदिने र यथावस्थामा राखेर सञ्चालन गर्नका लागि मर्मत समूहको प्रभावकारिता रहने उनको भनाइ छ । साथै,आर्थिक बर्ष २०७३÷७४मा सडक मर्मत समूहमा रहेका ब्यक्तिmहरुको तलबमा नेपाल सरकारले अनुदान दिएको ७८ लाख रकम खर्च भएको र चालु आर्थिक बर्ष २०७४÷७५का लागि १ करोड बजेट छुट्टयाएको ईन्जिनियर सुनुवारले जानकारी गराए । बर्खायाममा पनि नियमितरुपमा यातयातका साधन चलाउन सकिने र यात्रुको चाप बढी भएका ग्रामीण सडक मर्मतका लागि मर्मत समूह परिचालन गरिएको छ ।

डडेल्धुरामा हिउँदमा समेत सामान्य मर्मतको अभावमा अधिकांश समय सडक बन्द हुने गर्छन । सडक मर्मत समूहले नियमित सडक मर्मत र रेखदेखका काम गर्ने गरेका छन । समूहका सदस्यले आप्नो क्षेत्रभित्र पर्ने सडकमा पहिरो हटाउने र मर्मतको काम गर्ने, नाली खन्ने, नाली सफा गर्ने गर्दछन । समूहका सदस्यले सडक मर्मत गर्दा तीन किलोमिटर क्षेत्र हेर्ने गरी व्यवस्था मिलाइएको छ । उनीहरुले गरेको कामका आधारमा भुक्तानी दिइने र मर्मतको अनुगमन हुने भएकाले यो मर्मत समूहलाई आकस्मिक मर्मतको काम समेत जिम्मा दिइएको सुनुवारले बताए ।  सडक मर्मत समूहका ब्यक्तिmहरुलाई सडकमा काम गर्दा अपनाउनुपर्ने सावधानी, काम गरेबापत पाइने सेवासुविधा, कामको प्रकृति, काम गर्ने समय लगायतका विषयमा नियमितरुपमा कार्यदक्षता र क्षमता बढाउने उद्देश्यले तालिमको पनि आयोजना गर्ने उद्धेश्य रहेको सुनुवारले जानकारी दिए । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा