पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

 

 

 मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन ।

बुहारीले ससुरा, जेठान र छिमेकी पुरुषसँग संवाद नगर्ने परम्परा अहिले पनि मधेसमा छ । सोही परम्पराकै कारण उम्मेदवार आफूलाई प्रत्यक्ष रूपमा मत माग्न सक्दैनन् ।जनकपुर उपमहानगरपालिका–२० देवपुराकी ६५ वर्षीय सोनावतीदेवी दास दलका उम्मेदवारले प्रचारप्रसारका लागि थमाएर गएको पर्चा हेर्दै गरेको भेटिइन् । लेखपढ गर्न नजान्ने दासलाई पर्चामा रहेका उम्मेदवारको तस्बिर र चुनाव चिह्नले मात्रै आकर्षित गरेको देखिन्थ्यो ।

दलको चुनाव चिह्नबारे परिवारका सदस्यले भनेको तथा यसअघिका चुनावका बेला चुनाव चिह्न हेरेकाले दासले एक–दुई दलको चुनाव चिह्न छुट्याउन सकिन् । उनले अन्य दलका उम्मेदवार र चुनाव चिह्नबारे थाहा नभएको सुनाइन् ।

चुनाव केका लागि हो ? के फाइदा हुन्छ जस्ता विषयमा अनभिज्ञ दास श्रीमान् र छोराले भनेकै ठाउँमा भोट खसाल्ने सोचमा छिन् । उनी भन्छिन्, ‘हामीलाई को दल, को उम्मेदवार थाहा छैन । घरका मालिकले जहाँ भन्छन् त्यहीँ भोट हाल्छौं ।’

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री