पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको बलात्कारका दोषिहरु अक्षय कुमार, विनय शर्मा, पवन गुप्ता र मुकेश शर्मालाई फाँसी दिने यसअघि अरु अदालतले गरेको फैसला यथावत राखेको हो । 
यसअघि तल्लो अदालत र दिल्ली उच्च अदालतले उनीहरुलाई फाँसी दिने फैसला गरेको थियो । न्यायाधीश भानुमती नेतृत्वको तीन सदस्यीय टोलीले बलात्कार जस्तो जघन्य अपराधका लागि माफी दिन नसकिने तथा मृत्युदण्ड दिन मिल्ने कुनै एक मात्र मुद्दा भए त्यो बलात्कार भएको उल्लेख गर्दै यस्तो फैसला सुनाएको हो । 
सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीको मुनिरकामा ६ जना व्यक्तिले प्यारामेडिककी विद्यार्थी निर्भयालाई सामुहिक बलात्कार गरेका थिए । घटनाका एक अभियुक्तले सन् २०१३ मा तिहाड जेलमा आत्महत्या गरे भने एकजनालाई नाबालिग भएको भन्दै सुधारगृहमा राखिएको छ । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा

श्रीलंकामा मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।