पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यवसायको प्रवद्र्धन गर्दै डडेल्धुरालाई प्रदेश नम्बर ७ कै समृद्ध जिल्ला बनाउनु पर्ने डडेल्धुराका व्यवसायीहरुको.माग ।।

सपना सिंह, भाद्र २४,डडेल्धरा
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश साउँदले व्यावसायीक हितका लागि सरकारले नयाँ योजनाहरु ल्याउनुपर्नेमा जोड दिएका छन । शनिवार सम्पन्न डडेल्धुरा उद्योग बाणिज्य संघको बार्षिक साधारण सभामा बोल्दै केन्द्रिय सदस्य साँउदले सो कुरामा जोड दिएका हुन । सामाजीक उत्तरदायित्वलाई आत्मसाथ गर्दै जनप्रतिनीधि भएको यो अबस्थामा बिकास निर्माण देखि नागरिकहरुका चाहना र भावना अनुसार पुर्बाधार निर्माणका काम गरिनेमा उनले बिश्वास व्यक्त गरेका छन । डडेल्धुराका व्यवसायीहरुले व्यवसाय गर्ने सोच र तरिका परिर्वतन गर्नुृपर्नेमा पनि उनले जोड दिए । प्रादेशीक राजधानीको कुरासंगै आर्थिक सम्बृद्धि पनि प्राथमिकतामा रहेको साँउदले बताएका छन । यसैबीच डडेल्धुरा उद्योग वाणिज्य सघंका अध्यक्ष खेमराज पनेरुले आर्थिक श्रोतको पहिचान गरी त्यसलाई निरन्तरता दिनु आजको आवश्यकता रहेको सुझाएका छन । अबको स्थानीय निकायमा नीजि साझेदारीको अवधारणालाई समेत अगाडी सार्नुपर्नेमा उनको जोड थियो । 
कार्यक्रममा बोल्दै अमरगढी नगर उप–प्रमुख संगिता भण्डारीले व्यवसाय सञ्चालन गर्दा नगर सरसफाईमा पनि बिशेष ध्यान दिनु पर्ने बताएकी छन । आगामी दिनमा उद्योग बाणिज्य संघले जिल्लाका उद्योग ब्यबसायिहरुका लागि गर्नेे हरेक राम्रा काममा सहयोग र सहकार्य गर्ने प्रतिबद्दता समेत जाहेर गरेकी थिइन । 
अजयमेरु गाउँपालिकाका प्रमुख उमेश भट्ट बिकासले डडेल्धुरामा श्रमका लागि जनशक्तिको कमि नरहेको भन्दै जिल्लामा उत्पादित वस्तुको बजारीकरणका लागि राम्रो सम्भावना उल्लेख गरेका छन । सम्भावना हुँदा–हुँदैपनि यँहाका नागरिक कृषि वस्तु तथा उत्पादनमा आत्मनिर्भर नभई अरुको सुनिश्चित बजार भएको हुदाँ आफु दुखि भएको बताए ।
पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मान बहादुर साउँदले डडेल्धुरामा उत्पादनशिल जमिनको कमि नभएको र पर्यटन विकासका लागि प्रशस्त सम्भावना रहेको बताएका छन । साथै डडेल्धुरा जिल्लालाई समृद्ध बनाउन सम्पूर्ण व्यवसायीहरुले एकजुट भएर अघि बढ्नु पर्ने समेत उल्लेख गरेका छन । 
व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी जिल्लालाई प्रदेश नं ७ कै समृद्ध बनाउनु पर्ने व्यवसायीहरुको.माग थियो । सम्पन्न २६ औ बार्षिक साधारण सभाले उद्योग ब्यबसायिहरुका हक–हितका लागि नयाँ ढंगबाट ब्यबसाय सञ्चालन गर्न सहयोग पुग्ने र समृद्ध डडेल्धुरा निर्माणका लागि योजना बनाई कार्यान्वयन गरिने जनाइएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा