पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिक प्रणालीमा भाग लिने दलले तीन दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं, भदौ २४ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न तीन दिनको समय दिएको छ ।

आयोगले सूचना निकालेर मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावको लागि समानुपातिक प्रणालीतर्फ भाग लिने चाहाने दललाई आइतबारदेखि आउँदो मंगलबारसम्ममा निवेदन दिन आग्रह गरेको हो ।

तीन दिनभित्र निवेदन नदिने राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिक तर्फको चुनावमा भाग लिन नपाउने पनि आयोगले स्पष्ट पारेको छ । निवेदन पेस गर्दा प्रतिनिधिसभा सदस्यको लागि मात्र भाग लिने वा प्रदेशसभा सदस्यको चुनावमा भाग लिने वा प्रतिनिधिसभा सदस्य चुनाव र प्रदेशसभा दुवैमा भाग दिने भन्ने स्पष्ट खुलाउनुपर्ने आयोगले जनाएको छ ।

यस्तै प्रदेशसभा सदस्य चुनावतर्फ सबै प्रदेशमा भाग लिने वा कुन कुन प्रदेशमा भाग लिने भन्ने स्पष्ट खुलाइ सम्बन्धीत दलको प्रमुख पदाधिकारीको हस्ताक्षरसहित आयोगमा बुझाउन भनिएको छ । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री