पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका टेकराम चौधरी दुई महिना अघि जेल परेका हुन । साउदीमा कार्यरत टेकरामका साथीहरुले उनी जेल परेको खबर परिवारलाई दिएका थिए । जेलमा रहेका टेकरामको कागजपत्र र कम्पनीको सम्पर्क नम्बर माग्दा म्यानपावरले नदिएकोे टेकरामका आफन्त गरिबदास चौधरीले गुनासो गर्नुभयो । उनी साउदीको कुन कम्पनीमा काम गर्थे भन्ने आफूहरुलाई जानकारी नभएको गरिबदासले बताउनु भयो । टेकराम के कारणले जेल परेको परे भन्ने परिवारलाई जानकारी छैन । टेकराम जेल परेको खबर पाएपछि उनका आफन्त सहयोग माग्दै कैलालीको सूचना केन्द्रमा पुगेका थिए । सूचना केन्द्रले थप सहयोगका लागि प्रवासी नेपाली समन्वय समिती पिएनसिसी सँग अनुरोध गरेको थियो ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय

आज विश्व आदिवासी दिवस

काठमाडौं, साउन २५ – आज बुधबार विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी