पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ ।

Displaying Suman Bist.jpg

समुह चरणका दुवै खेलमा जित हात पार्दै एपिएफ समुह विजेता वनेर अन्तिम चारमा पुगेको हो ।

Displaying nary thapa.jpg

शुक्रवार अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा भएको दोस्रो खेलमा एपिएफले कञ्चनपुर ११ माथि ८ विकेटको सानदार जित दर्ता गरेको हो । यस अघि विहीवार पनि एपिएफले नेपाली महिला क्रिकेट टीमकी कप्तान रुवीना क्षेत्रीले नेतृत्व गरेको मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराएको थियो ।

Displaying Nitu Bhandari 1.jpg

एफपिएले समुह एक दुवै खेलमा जित हात पारेर विजेता वनेको अवस्थामा एक एक खेल गुमाएका मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर ११ वीच हुने समुह चरणको खेलमा जित हात पार्ने टोली उप विजेता वन्दै सेमिफाईनल पुग्नेछ । 

Displaying Player of the match.jpg

Displaying Rising Cricket for Women celebrates wicket.jpg
शुक्रवार भएको पहिलो खेलमान रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । 

Displaying Pooja Nimavat bats  (1).jpg

Displaying Rising Cricket for Women celebrates wicket.jpg

टस जितेर पहिले व्याटिग गरेको राईजिग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३७ रन वनायो । यो योगफल तयार पार्नका लागि विदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । 

Displaying Pooja Nimavat bowling   (1).jpg

Displaying Pooja Nimavat bowling   (2).jpg
प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा राईजिग क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा कञ्चनपुर ११ र मिलन क्रिकेट एकेडेमी झापा विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।    

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

आत्मरक्षाका लागि भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिदै ।। 

भारतको चर्चित अस्पताल एम्सका चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थालेका छन । १५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन । अस्पताल स्रोतका