पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रिलिज पूर्व नै ‘बाहुबली–२’ ले राख्यो यस्ता रेकर्ड

‘बाहुबली– द बिगिनिङ’ रिलिज भएको ६ सय ५८ दिन पछि ‘बाहुबली द– कन्क्लुजन’ रिलिज हुँदैछ । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको  जवाफ ‘बाहुबली–द कन्क्लुजन’ हेरेपछि दर्शकले थाहा पाउने छन् । २८ अप्रिल अर्थात शुक्रबार रिलिज हुन लागेको यस सिनेमाले रिलिज पूर्व नै चार वटा रेकर्ड राखिसकेको छ ।
सबै भन्दा महंगो टिकट
यो सिनेमा हेर्नको लागि दर्शकले २४ सय रुपैयाँ सम्म खर्चिनु पर्ने भएको छ ।  अहिलेसम्म कुनै पनि सिनेमाको टिकट यति महंगो रकममा बिक्री भएको छैन ।  यो दर लक्जरी टिकटको हो । दिल्लीको एक सिनेमा घरमा सिनेमाको टिकट दर २४ सय भारतीय रुपैयाँ तोकिएको छ ।
९ हजार स्क्रिनमा रिलिज हुँदै

संसारभरिका ९ हजार स्क्रिनमा एक साथ रिलिज भएर यस सिनेमाले सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुने सिनेमाको रेकर्र्र्ड पनि आफ्नो नाम गर्ने भएको छ ।  यसअघि आमिर खानको ‘पिके’, ऋतिक रोशनको ‘ब्याङ ब्याङ’ ६ हजार स्क्रिनमा रिलिज भएका थिए भने ‘बाहुबली–द बिगिनिङ’ पनि जम्मा ६ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो । ‘बाहुबली–द कन्क्लुजन’ भारतमा ६ हजार ५ सय र भारत बाहिर १ हजार ५ सय स्क्रिनमा रिलिज हुँदैछ । 


रिलिज पूर्व सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड
सिनेमाले हल र विदेश प्रदर्शनको अधिकार बेचेर ५ सय करोड भारतीय रुपैयाँ कमाउँदै रिलिज पूर्व सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड पनि राखेको छ । सिनेमाको तमिल, तेलुगु, हिन्दी र अन्य केही भाषाको लागि वितरकहरुले मोटो रकम खर्चेका छन् । नेपालमा पनि यो सिनेमा ३ करोडमा किनिएको छ ।  
छोटो समयमा धेरै हेरिने ट्रेलरको रेकर्ड
सिनेमाको ट्रेलरलाई शुरुवाती २४ घण्टामा पाँच करोड भन्दा धेरै पटक हेरिएको थियो । यस सिनेमाको ट्रेलरले रजनी कान्तको ‘कबाली’ शाहरुखको ‘रईस’ र आमिरको ‘दंगल’ले राखेको रेकर्ड तोडेको हो । 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो