पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किन गन्हाउँछ सास? यस्ता छन् कारण

 

 

  

तपाईंले धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको। वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा लज्जित हुनुपरेको। हुन पनि हो, मानिसको मुखले उसको दायित्व एवं शारीरिक स्वस्थताको प्रतिविम्बन गर्छ। तर, जस्तै व्यक्तित्व भए पनि सास गन्हाउने समस्या हुनेहरुले आफ्ना कुरा अरुका सामु निर्धक्क राख्नै सक्दैनन्।

सास गन्हाउने समस्याले अरुले नराम्रो सोच्लान् भन्ने चिन्ताले नै आत्मबल हराइसक्छ। कोही–कोही त आफ्नो सास गन्हाउने समस्याबारे चिन्ता लिँदालिँदा मानसिक रोगको शिकार समेत हुने गर्छन्। त्यसैले सास गन्हाउने समस्यालाई सामान्य ढंगले लिनु लिनु हुँदैन।

सास गन्हाउने रोगमा दुखाईको अनुभव नहुने र जनचेतनाको अभाव भएर होला प्रायःजसो विवाहको बेला यस्ता धेरै बिरामी चिकित्सक कहाँ आउँछन्। अन्य समयमा जीवनसाथी, सहपाठीहरुको सुझाबले गर्दा चिकित्सककहाँ पुग्छन्। नेपालमा गिजा सम्बन्धी रोग, दाँत किराले खाने रोग पछि सास गन्हाउने समस्या लिएर आउने दन्तरोगी बढ्दो क्रममा छन्।

बिरामीको प्रकार
सास गन्हाउने बिरामीहरू खास गरी तीन प्रकारका हुन्छन्ः

(१) आफ्नो सास गन्हाएको थाह नपाउनेहरू,

(२) आफ्नो सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू,

(३) आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरु।

किन गन्हाउँछ सास?
मुख वा नाकबाट नराम्रो गन्ध आउने अवस्थालाई ‘हेलिटोसिस’ वा ‘ब्याड ब्रेथ’ रोग मानिन्छ। सास गन्हाउने अवस्था आपैmँमा रोग नभई शरीर तथा मुखमा भएको रोगको लक्षण वा औषधि प्रयोगको असर पनि हुन सक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिएर, मुख शरीरको ऐना हो भन्ने भनाइलाई चरितार्थ पारिरहेको हुन्छ।

सासको गन्ध केही सामान्य हुन्छन् भने केही जटिल प्रकृतिका पनि हुन्छन्। बिहान उठ्नासाथको मुखको गन्ध; भोकै/ब्रत बसेको अवस्थाको गन्ध; खानामा प्रयोग गरिएका वस्तुहरू (जस्तैः चिया, कफी, मकै, प्याज, लसुन आदि) को गन्ध; रक्सी, बोसो, भुटेको खानाको गन्ध; धूमपान, सुर्ती सेवन गर्नेको सासको गन्ध; बच्चा तथा बुढापाकाको मुखको गन्ध; मुखको उपचारमा प्रयोग हुने युजेनोल, भल्केनाइट पदार्थको गन्ध; राख्ने–निकाल्ने खालको नक्कली दात लगाएरै सुत्नेको सासको गन्ध; नाकको सट्टा मुखबाट सास फेर्नेको गन्ध; कृत्रिम दाँत लगाउने मानिसको सासको गन्ध; शरीरद्वारा फ्याँकिने काम नलाग्ने पदार्थको गन्ध र बान्ता वा डकार गर्दाको गन्धलाई सामान्य गन्धका रुपमा लिइिन्छ।

यस्तै, मुखको स्वास्थ्य स्थिति कमजोर भएमा; दा“त किराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दाँत नमिली बसेको अवस्थामा पनि सास गन्हाउँछ। अन्य कारणमा मुखमा भएका घाउ खटिराहरू (जस्तैः क्यान्सर, ओस्टियोमाइलाटिस, पीप, सिस्ट, अवसेस जम्मा भएको, संक्रमण तथा दा“त निकालेपछिको घाउ आदि पर्छछन्। यस्तै, नाक र घाँटीसँग सम्बन्धित (पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाटीको क्यान्सर) रोगका कारण पनि सास गन्हाउँछ।

शरीरभित्र भएका रोगहरुका कारण पनि मानिसको सास गन्हाउँछ। फोक्सोको रोग, क्षयरोग, ‘ब्रोन्काइटिस’, ‘लङ ग्यान्ग्रिङ’ आदि रोगले पनि सास गन्हाउन सक्छ। यस्तै, मासिकस्राव हुँदा पेट दुख्ने अवस्थामा पनि सास गन्हाउन सक्छ। पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, कलेजोको रोगहरू, मिर्गौलासम्बन्धी रोगहरू, चिनीरोग, ज्वरो, रगत सम्बन्धी रोग, भ्यागुते रोग, भिटामिनको कमीले हुने कब्जियत, अपच आदिका कारण पनि मानिसको सास गन्हाउँछ।

केही औषधिहरूको प्रयोगका कारण पनि सास गन्हाउने गर्छ। एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिकर, मानसिक रोगका औषधिहरु लगायत प्रयोग गरेको बेला मानिसको सास गन्हाउन सक्छ।

कसरी थाहा पाउने?

सबैभन्दा उपयुक्त, सामान्य र उत्तम तरिका भनेको मुख अगाडि आफ्नो हात राखेर त्यसमा सास

फेर्ने र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानी भित्र लिने। त्यस्तै, अतिन जिकका व्यक्तिहरू पती–पत्नी, दाजुभाई, दिदीबहिनी, सहपाठीस“ग सोधर थाहा पाउन सकिन्छ। आफूप्रति अरुको व्यवहार हेरेर पनि अनुमान गर्न सकिन्छ। त्यस्तो बेला समूहमा तपाईं बोल्दा नजिकमा बसेका व्यक्तिहरूले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेबाट पनि आफ्नो सास गन्हाएको थाहा पाउन सकिन्छ।

१० सेकेन्डका लागि ओठ र नाक दुबै बन्द गराउने र त्यसपछि ओठ बन्दै राखेर नाक मात्र खोल्न लगाउने, यदि सास गन्हाएको छ भने सास गन्हाउने समस्या नाक अर्थात् फोक्सोबाट भइरहेको छ भनी पत्ता लाग्छ। तर, ओठ खोल्दा सास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ।

यी माथिका तरिकाबाट सास गन्हाएको वा नगन्हाएको थाहा हुन्छ, तर कति भनेर नाप्नका लागि विभिन्न उपकरण (अस्मोस्कोप, ब्रेथ एनालाइजर, क्रायस्कोप, टाइट्रालग, ग्याँस क्रोमाटोग्राफी आदि) को प्रयोग गरिन्छ।

रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस भनेभैmँ रोकथामका उपायहरु समय मै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समयको नोक्सान, पैसाको नोक्सान र शरीरको नोक्सानबाट जोगिन सकिन्छ। मुख तथा शरीरको स्वास्थ्य, खानपान, जीवनशैलीमा ध्यान दिएर रोकथाम गर्न सकिन्छ। मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित रुपमा ६–६ महिनामा गर्नुपर्छ भने शरीरको परीक्षण प्रत्येक वर्ष गर्नु पर्छ।

सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती लोप हुँदै ।।

पछिल्लो समय सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती  लोप हुँदै  गइरहेको छ । युवापुस्ताको देउडाप्रतिको विर्कषण र देउडा स्रष्टालाई बजारमा टिक्न र

जिल्ला कृषी विकास कार्यालयबाट माछाका भूरा वितरण ।।

जिल्ला कृषी विकास कार्यालय कञ्चनपुरले कृषकलाई माछाका भूरा वितरण गररेको छ । कञ्चनपुरका विभिन्न स्थानमा मत्स्यपालन गरिरहेका कृषकलाई कृषी अनुदान

कब्जियतबाट जोगिने ८ घरेलु उपाय

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् ।