पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अजय र काजोलको जोडी ७ वर्षपछि फिल्ममा फर्किदै

अजय देवगण र काजोलको जोडी ७ वर्षपछि फिल्ममा एकसाथ देखिने भएको छ । वास्तविक जीवनमा उनीहरु पति-पत्नी हुन् ।

समाचारअनुसार ९० को दशकमा बलिउडमा स्थापित बनेको यो जोडीलाई प्रदीप सरकारले आफ्नो आगामी फिल्मका लागि फाइनल गरेका छन् ।

अजय र काजोलले ७ वर्षअगाडि ‘टूनपुरका सुपरहिरो’ फिल्ममा काम गरेका थिए । यो फिल्म फ्लप भएपछि यो जोडीलाई कसैले दोहोर्‍याउन खोजेन ।

अजय र काजोलले १९९९ मा बिहे गरेका थिए र उनीरुका दुई बच्चा पनि छन् ।

‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राजू चाचा’, ‘यू मी और हम’ जस्ता कयौं सुपरहिट फिल्म दिएका काजोल र अजयको आगामी फिल्मलाई लिएर निकै ठूलो उत्सुकता दर्शकमाझ रहेको छ ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो