पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो पटक सुगम पोखरेलको आवाजमा ‘हाम्रो स्कुल पाठशाला’ बोलको गीतको म्युजिक भिडियोमा उनले काम गर्ने मौका पाइन् । त्यस्तै उनले २१ वर्षको उमेरमा ‘मधुमास’बाट सिनेमामा ब्रेक लिइन् । उनलाई पहिलो सिनेमाले अभिनयका बारेमा धेरै कुराहरु सिकाएको छ । 
पहिलो सिनेमा अहिले हेर्दा उनलाई धेरै कमीकमजोरीहरु देखा पर्छन् । यहि कारण पनि उनलाई कहिले काही, अभिनय नसिक्दै यो सिनेमामा किन काम गरेँ होला ! भनेर पछुतो पनि लाग्छ ।
दोस्रो सिनेमाको रुपमा ‘अझै पनि’मा काम गरेकी उनलाई यो सिनेमाले ठिकठाकै सफलता दियो । त्यसपछि ‘चङ्खे सङ्खे पङ्खे’ ले उनलाई औसत सफलता दियो । तर उनलाई सिनेमा ‘प्रेमगीत’ले भने रातारात लोकप्रिय बनाइदियो । यस सिनेमाले उनलाई नेपाली सिनेमाकी लभर गर्लको रुपमा चिनायो जुन परिचय नेपाली सिने उद्योगमा बिरलै छ ।

उनलाई ‘प्रेमगीत’ पछि कुसल नायिकाको रुपमा हेर्न थालियो । दर्शकको यहि माया र साथका कारण पूजा ‘प्रेमगीत’ पछि सिधै निर्मात्री पनि बनेकी छिन् । सिनेमा ‘म यस्तो गीत गाउँछु’ मार्फत निर्मात्री बनेकी उनी हाल यहि सिनेमाको प्रमोशनको तयारीमा जुटेकी छिन् ।
नक्कली कपालले गर्‍यो करिअरको सुरुवात
पूजा शर्मा सिनेमा क्षेत्रमा आएपछि पूर्ण रुपमा केटी बनेकी हुन् । यस क्षेत्रमा आउनु भन्दा पहिले उनको स्वभाव, लवाईखवाई केटाकै जस्तो थियो । उनी केटाको जस्तो लुगा लगाउने अनि कपाल पनि नपाल्ने गर्थिन् । पहिले उनलाई श्रृङ्गारको बारेमा केही पनि थाहा थिएन । यहि कारण उनले पहिले पहिले म्युजिक भिडियोमा नक्कली कपालको प्रयोग गर्नु परेको थियो । 
दर्जनौँ म्युजिक भिडियोमा काम गरेर २१ वर्षको उमेरमा सिनेमामा आएकी उनी सिनेमाले नै आफूलाई परिवर्तन गरेको बताउँछिन् । सिनेमामा आएपछि साथीभाईहरुको सल्लाह अनुसार उनले युट्युब हेरेरै श्रृङगार गर्न सिकेकी हुन् ।  नत्र भने त पहिले उनी मनमा जे आयो त्यहि बोल्ने अनि जे मन लाग्यो त्यहि लगाउने गर्थिन् ।
क्यानडाबाट फर्किइन्


पूजाको एउटा खास कुरा सायद तपाईँलाई थाहा नहुन पनि सक्छ । उनी उच्च शिक्षा अध्ययनको लागि क्यानडा पुगेकी थिइन् । तर उनलाई त्यहाँ बस्न साह्रै गाह्रो भयो । यहि कारण उनी एक महिना पनि नबित्दै नेपाल फर्किइन् । सबै कुरा आफ्नै देशमा भएका कारण आफू त्यहाँ बस्न नसकेर फर्केको उनी बताउँछिन् ।  पूजाले नेपालमा आएर पनि आफ्नो पढाई भने पूरा गरेकी छिन् । अहिले उनी टुरिजम विषयमा मास्टर गर्दैछिन् ।
प्रेमी अमेरिकामा छ भन्छिन् पूजा 
सिनेमा क्षेत्रमा आएपछि उनको नाम अभिनेता तथा निर्देशक सुदर्शन थापासँग जोडियो । यी दुईले एक साथ काम पनि गरिरहेका छन् । अझै पनि, चङ्खे सङ्खे पङ्खे, प्रेमगीत र म यस्तो गीत गाउँछु सम्म यी दुईले सहकार्य गरेको हामीले देखेकै छौँ । सम्बन्धकै कारण एकअर्काको साथमा अघि बढेको कुरा मिडियाले पनि यी खुलाउँदै आएको छ ।
तर पूजाले भने केही समय अघि मात्रै हामीसँग भएको कुराकानीमा यो खबर गलत भएको भन्दै आफू सिनेमा भन्दा बाहिरको व्यक्तिसँग प्रेममा रहेको खुलाएकी थिइन् । उनले आफ्नो प्रेमी हाल अमेरिका पढ्न गएको पनि दाबी गरेकी थिइन् ।

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

रिलिज पूर्व नै ‘बाहुबली–२’ ले राख्यो यस्ता रेकर्ड

‘बाहुबली– द बिगिनिङ’ रिलिज भएको ६ सय ५८ दिन पछि ‘बाहुबली द– कन्क्लुजन’ रिलिज हुँदैछ । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको  जवाफ