पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । तर उनलाई शुभचिन्तकहरुको शुभकामनाले निकै नै हैरान बनाएको छ । खास कुरा जितुलाई हुँदै नभएको जन्मदिनले दिक्क बनाएको हो । 
सामाजिक सञ्जाल फेसबुकमा उनको सोमबार जन्मदिन देखिएको छ ।  फेसबुक खाता खोल्ने समयमा आफू त्यति धेरै जानकार नभएकाले साथीहरुलाई खोल्न लगाएको र उनीहरुले आफ्नो जन्मदिन गल्ती राखिदिएर आज जन्मदिन परेको जितुले बताए । अंग्रेजी मिति अनुसार १९७५ जुन १५ मा जन्मेका उनको महिना र गते गल्ती हुँदा जन्मदिन नपर्दा पनि शुभकामनाको आइरहेको हो । उनको फेसबुकमा १९७५ मे १ जन्म मिति राखिएको छ ।  
खास जन्मदिन असार १ गते भएका जितुले सामाजिक सञ्जालमा भएको गल्तीका कारण वर्षमा दुई पटक जन्मदिन पर्दा रमाइलो भएको पनि खुलाएका छन् । तर उनलाई फोनको घण्टी लगातार बजेर हैरानी भने भएको छ । उनले कसैको फोन उठाएका छन् त कसैको उठाएका छैनन् ।
लगातार आफूलाई शुभकामना आईरहेपछि उनले सामाजिक सञ्जाल फेसबकमा पनि घुमाउरो पारामा लेखेका छन्, ‘फेसबुकमा लेख्नेहरूले पनि विचार गर्नु होला है, यता नि महाअभीयोग लाग्ला‍‍...’ अहिले जितु सिनेमा ‘छक्का पञ्जा–२’ को सुटिङमा व्यस्त छन् 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो

रिलिज पूर्व नै ‘बाहुबली–२’ ले राख्यो यस्ता रेकर्ड

‘बाहुबली– द बिगिनिङ’ रिलिज भएको ६ सय ५८ दिन पछि ‘बाहुबली द– कन्क्लुजन’ रिलिज हुँदैछ । कटप्पाले बाहुबलीलाई किन मारे ? यसको  जवाफ