पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती लोप हुँदै ।।

पछिल्लो समय सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती  लोप हुँदै  गइरहेको छ । युवापुस्ताको देउडाप्रतिको विर्कषण र देउडा स्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत लोप हुँदै गएको हो । बजारमा  आधुनिक लोक गीत संगितका साथै पश्चिमेली लोक संस्कृतिमाथी दोहोरीको हैकम चल्दा बिस्तारै सुदुरपश्चिमेली लोक देउडा  संस्कृती हराउँदै जान थालेको सम्बन्धित स्रष्टाहरुको भनाइ छ । कुनै बेला डाँडापाखा, गाउँबस्ती, भिरपाखाहरुमा घन्किने देउडा भाका पश्चिममा खासगरी पछिल्लो समय देउडा गाउने कलाकार दोहोरी गाउन थालेपछी आफ्नो मौलिक संस्कृतीको महत्व  दिनप्रतिदिन घट्दै गईरहेकोले हिजो आज सुदुरपश्चिमका समाजमा देउडा हराउदै गएको छ ।
 

जिल्ला कृषी विकास कार्यालयबाट माछाका भूरा वितरण ।।

जिल्ला कृषी विकास कार्यालय कञ्चनपुरले कृषकलाई माछाका भूरा वितरण गररेको छ । कञ्चनपुरका विभिन्न स्थानमा मत्स्यपालन गरिरहेका कृषकलाई कृषी अनुदान