पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा बुुझाउन अनुरोध गरिएपछि २ सय ३३ थान हतियार बुुझाइएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले बैशाख १७ गतेभित्र हतियार बुुझाउन अनुरोध गरेको थियो । यद्यपी, प्रदेश नम्बर ७ मा निर्वाचन दोस्रो चरणमा हुने भएपछि हतियार बुुझाउने म्याद पनि थपिएको छ । जेठसम्म हतियार बुुझाउन भनिएको बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
 

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा

धनगढीको रातोपुल–उत्तरवेहडी सडक निर्माण सुरु भएको ६ महिनामा पनि नालीको काम सकिएन ।। 

कैलालीको रातोपुल उत्तरबेहडी सडक निमार्णमा ढिलाई भईरहेको छ । ठेक्का स्वीकृत भएको झण्डै १० महिना बितीसक्दा पनि सडकको दुबैतिरका नालीको काम सकिएको छैन