धनगढीको रातोपुल–उत्तरवेहडी सडक निर्माण सुरु भएको ६ महिनामा पनि नालीको काम सकिएन ।। 

कैलालीको रातोपुल उत्तरबेहडी सडक निमार्णमा ढिलाई भईरहेको छ । ठेक्का स्वीकृत भएको झण्डै १० महिना बितीसक्दा पनि सडकको दुबैतिरका नालीको काम सकिएको छैन भने सडकको वेश निर्माणको काम सुरु नै भएको छैन । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले गत बर्षको असार २९ गते १५ महिनाभित्र निमार्ण कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको थियो । कहिले स्थानीय विरोध र कहिले निर्माण व्यवसायीको उदासीनताका कारण सम्झौताको ४ महिनापछि सुरु भएको निर्माणले गति लिन नसक्दा नगरबासीले निकै सास्ती व्योहर्न परेको छ । ठेक्का सम्झौता भएको झण्डै ४ महिनापछि कार्तीकको अन्तीम सातादेखी निर्माण व्यवसायीले धनगढीको रातोपुल–उत्तरबेहडी सडकको निर्माण कार्य सुरु गरेको थियो । तर सडक निर्माण अन्तरगत नाली खन्ने क्रममा छेउकै व्यक्तिहरुले आफुहरुको आँगन मासिन थालेको भन्दै दोस्रो पटक नाप नक्साको मागगर्दै निर्माणमा अवरोध पारेपछि केहि समय निर्माण रोकीएको हो । स्थानीय बासीन्दाले शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीले बनाएको पुरानै डिजाईन स्टीमेट अनुसार सडक निर्माण गर्न दिने सहमती गरेपछि पनि सडक निर्माणले तिव्रता नपाएको हो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा