पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा नियन्त्रण, सकारी कार्यलयको कामकाजमा पारदर्शिता, विभिन्न ऐतिहासीक तथा पुरातात्तिक सम्पदाको संरक्षण लगायतका विषयमा छलफल गरेको छ । नगरपालीका का निमित्त कार्यकारी अधिकृत लेखनाथ पोख्रेलको सक्रियतामा आज नगरपालीकाले आयोजना गरेको सर्बदलिय सर्बपक्षिय भेलाले नगरका विभिन्न विषयमा छलफल गरेको हो । भेलाबाट लयाटिमा निर्माण सम्पन्न भएको तालागाड लघुजलविध्युत योजना पुनःसञ्चालनका लागी सहयोग गर्ने, केन्दिय विद्युत लाईन विस्तारका लागी सम्बन्धित क्षेत्रमा अनुरोध गर्ने, विनायकमा बैंक स्थापनाको लागी पहल गर्ने लगायतका निर्णय गरेको छ । 
यसैविच पर्यटकिय महत्वको विनायक स्थित पञ्चदेवलको सरसफाईका विषयमा पनि छलफल गरेको छ । भेलाले नगरपालीकाको केन्द्रमा रहेको विनायक बजार भित्रका टहराहरुलाई व्यबस्थापन गर्नका लागी एक समिति गठन गरेको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

धनगढीको रातोपुल–उत्तरवेहडी सडक निर्माण सुरु भएको ६ महिनामा पनि नालीको काम सकिएन ।। 

कैलालीको रातोपुल उत्तरबेहडी सडक निमार्णमा ढिलाई भईरहेको छ । ठेक्का स्वीकृत भएको झण्डै १० महिना बितीसक्दा पनि सडकको दुबैतिरका नालीको काम सकिएको छैन