पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तपाईलाई राति अबेर सम्म निन्द्रा लाग्दैन ? अब यसो गर्नुहोस्

एजेन्सी ।
प्राय मानिसहरुलाई यो मौषममा भोक नलाग्ने निन्द्रा नै नआउने समस्या हुन्छ । के तपाईलाई पनि यस्तै समस्याले सताएको छ । थाहा पाईराख्नुहोस् त्यसको एक कारण गलत खानपान पनि हुन सक्छ ।

भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खाना नै खानुपर्छ सधैं । बाहिरको खानेकुरा सकेसम्म नखानुस् । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ ।

त्यसका लागी यी खानेकुराहरु उपयुक्त हुन सक्छन् ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ । यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ । शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली