पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन

डा. सबिना भट्टराई – 

गर्मी याममा शरीरमा पसिना आउनु नराम्रो कुरा होइन । यसले शरीरलाई शान्त राख्न तथा शरीरको तापक्रम घटाउन मद्दत गर्छ । एक हिसाबले शरीर संरक्षणको लागि सुरक्षात्मक संयन्त्र पनि हो ।

पसिना आयो भने शरीरलाई शितल हुन्छ, तर धेरै पसिना आयो भने रोग लाग्छ । यसलाई हाइपर हाइड्रोसिस् भनिन्छ ।

पसिना आउने अवस्था

  • धेरै गर्मी भयो भने 
  • नसाको समस्या भएको, चिन्ता लागेमा
  • डर लागेमा
  • वंशाणु समस्या

पसिना पानी जस्तै हो, रंगरहित, गन्ध रहित,  तर यसमा जब किटाणुको संक्रमण हुन्छ तब यो समस्याको रुपमा विकसित हुन्छ । 

किन गन्हाउँछ पसिना ?

पसिना शरीरको सबै भागमा आउँछ तर शरीरका कुनै कुनै अंगमा मात्र गन्हाउँछ । खुट्टाको काप, काखी, कास जस्ता ठाउँ बढी गुम्सने भएकोले फङ्गसको संक्रमण हुने हुन्छ । पसिना सुक्न पाउँदैन र गन्हाउँछ । पसिना गन्हाउने समस्या जसलाई हुन्छ, त्यो मान्छेलाई थाहा हुँदैन ।

पसिनाको गन्धले वरपर बसेका मानिसलाई सकस हुन्छ, बेहोस होला जसरी गन्हाउँछ । तर जसको पसिना गन्हाउने समस्या छ, त्यो मानिसको नाकले गन्धलाई पचाईसकेको हुन्छ र थाहा पाउँदैन ।

पसिना गन्हाउने समस्याको समाधानका लागि सँगैको साथीको मुख्य भूमिका हुन्छ, आफ्नो साथीको पसिना गन्हाएको छ भनेर भनिदिनु पहिलो उपचार हो । पसिना गन्हाउने प्रमुख कारण भनेको सरसफाईको कमी हो ।

पसिना आउँदा के गर्ने त ?

  • दिनहुँ लुगा फेर्ने । 
  • दिनहुँ नुहाउने ।
  • दिनहुँ जुत्ता, मोजा फेर्ने ।
  • लुगा, जुत्ता घाममा सुकाउने ।
  • पसिना सोस्ने खालका लुगा जस्तै सुतीको कपडा लगाउने ।
  • पानी प्रशस्त पिउने ।
  • शरीरको तापक्रम कम गर्ने उपाय अपनाउने ।
  • शरीरलाई सुख्खा राख्न पाउडर लगाउने ।
  • पसिनाको गन्ध नआओस् भन्नको लागि डियोड्रेन लगाउने ।
  • फिटकिरीको प्रयोगले संक्रमणलाई रोक्न मद्दत गर्छ  ।
  • चिकित्सकको सल्लाह लिन जरुरी छ ।

पसिनालाई स्थायी रुपमा नै हटाउन सकिन्न । त्यसको लागि पसिना उत्पादन गर्ने नशालाई नै निकालेर फाल्नु पर्छ यो ठूलो शल्यक्रिया हो । अस्थायी रुपमा आइनाटोफोरोसिस, अर्थात करेन्टको माध्यम तथा बोटक्स इन्जेक्सन दिएर यो समस्या समाधान गर्न सकिन्छ ।

पसिना आएमा मानिसलाई आत्मबल कम हुन्छ । यसले लुगामा दाग देखिने हुँदा समस्या हुन सक्छ । पसिना आउनु समस्या होइन तर धेरै आएर गन्हाउनु समस्या हो ।

(काठमाडौं मेडिकल कलेजकी छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. सबिना भट्टराईसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली