मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी लियोनल मेस्सी, नेइमार र लुइस स्वारेजका कारण आफू बार्सिलोनामा अनुबन्ध नभएको उनले बताएका छन् । बार्सिलोनाले पाको एलकेसरलाई अनुबन्ध गर्नु अघि गामेइरोलाई क्लब भित्र्याउन चाहेको थियो । तर आफू बार्सिलोनाका रहेका स्टार खेलाडी एमएसएनका कारण पछि हटेको गामेइरोले बताए । फ्रान्सेली गामेइरो गएको गएको वर्ष सेभिल्लाबाट एथ्लेटिको आएका हुन् । उनी सन् २०१३ मा पिएसजीबाट सेभिल्ला आएका थिए । बार्सिलोना गएका भए आफूले खेलमा रमाइलो गर्न पाउने सम्भावना कम देखेकाले एथ्लेटिको रोजेको उनले बताएका छन् ।