पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो अमरगढी बिहिबार देखि आठौ बर्षमा प्रवेश, भब्य कार्यक्रम गर्दै बार्षिकोत्षव सम्पन्न


ध्रुब बिष्ट,साउन २६,डडेल्धुरा
फोकस नेपालद्धारा सञ्चालित सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुराले बिहिबार बिभिन्न कार्यक्रम गर्दै आफ्नो आठौं बार्षिकोत्सव मनाएको छ । २०६७ साउन २६ गते देखी नियमित प्रसारण आरम्भ गरेको रेडियोले बिहिबार देखि आफ्नो प्रसारण यात्राको आठौ बर्षमा प्रवेश गरेको हो । “आर्थीक समृद्धी स्वाभिमान समाज रुपान्तरण हाम्रो अभियान” भन्ने मूल नाराका साथ निर्माण व्यवसायी संघ डडेल्धुराको सभाहलमा बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरेको हो । रेडियोका प्रवन्ध निर्देशक छत्र साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमूख अतिथि जिल्ला न्यायाधिश देव कुमार गिरी रहनु भएको थियो । कार्यक्रमको उद्धाटन रेडियोका प्रवन्धक साँउद, अमरगढी नगरपालिकाका नगरप्रमूख विश्वेशर ओझा (बिपिन ओझा), परशुराम नगरपालिकाका नगरप्रमूख भिम बहादुर साँउद, नवदुर्गा गाँउपालिकाका प्रमूख कबिन्द्र बिष्ट, अजयमेरु गाँउपालिकाका प्रमूख उमेश भट्ट (बिकास) लगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । 
सामुदायिक रेडियोले सडक सञ्जालसंग नजोडिएका, विजुली बत्ती नभएका ग्रामीण क्षेत्र र  निरक्षर नागरिकलाई पनि सुसुचित गर्नुका साथै ग्रामीण क्षेत्रका कला, संस्कृतिलाई जगेर्ना गरेको बताइएको छ । कार्यक्रममा बोल्ने व्यक्तिहरुले समाज रुपान्तरणका लागि सामुदायिक रेडियोको महत्वपूर्ण योगदान रहेको र त्यसलाई जोगाइराख्नु आजको आवश्यकता भएको बताएका छन । सामुदायिक रेडियोकर्मीले रेडियोको पहुँच अन्य सञ्चार माध्यमभन्दा व्यापक रहेकाले प्रसारण हुने सामग्री गुणस्तरयुक्त हुनुपर्नेमा समेत सहभागीहरुको जोड थियो । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण गर्ने लगायतका मुद्धालाई रेडियोले अझै प्राथमिकता दिनुपर्ने श्रोताहरुले प्रतिक्रिया दिएका छन ।
बार्षिकोत्सव समारोहको अवसरमा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारार्थ भर्ना गरिएका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । कार्यक्रममा उपस्थित जिल्लास्थीत बिभिन्न स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ । यसैगरी रेडियोलाई आर्थिक, सामाजिक, भौतिक तथा नैतिक तवरबाट सहयोग गर्ने श्रोताबर्ग, सघं–संस्था, बिज्ञापनदाता तथा रेडियोका सबै कर्मचारीहरुलाई समेत धन्यबाद सहित सम्मान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखाको समन्वयमा रेडियो अमरगढी डडेल्धुराद्धारा आयोजित रक्तदान कार्यक्रममा ७ पिन्ट रक्तदान गरिएको छ । रक्तदान गर्नेहरुमा रेडियोका प्रवन्ध निर्देशक छत्र साँउद, स्टेशन म्यानेजर लाकेन्द्र ओझा, समाचार प्रमूख ध्रुब बिष्ट, प्राविधिक प्रमूख चन्द्र प्रसाद भट्ट रहेका छन । यस्तै प्राविधिक बसन्त साँउद, अजयमेरु सम्बाददाता नरेन्द्र मल्ल र ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुराका प्रशिक्षक अनिल ओझाले रक्तदान गरेका हुन ।
यसैबीच सोही अवसरमा बिरबेताल प्याथोलोजी एण्ड रिसर्च सेन्टरद्धारा आयोजित रक्त समूह चेकचाँचबाट ७ जना लाभान्वित भएका ल्याव टेक्नोलोजिष्ट गणेश ऐरले जानकारी दिएका छन ।
कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर लोकेन्द्र ओझाले गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई समाचार प्रमूख धु्रब बिष्टले स्वागत गरेका थिए । कार्यक्रममा जिल्लास्थीत बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमूख तथा प्रतिनिधि, बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरुको र रेडियोप्रेमी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
रेडियोले दिनभर कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नुका साथै दुर–दराजका श्रोताहरुबाट फोनमार्फतबाट पनि श्रोता प्रतिक्रियाहरु समेटिएका थिए ।
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री