पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो अमरगढी बिहिबार आज देखि आठौ बर्षमा प्रवेश गर्दै, भब्य कार्यक्रमका साथ बार्षिकोत्षव मनाइने ।।

सपना सिंह्

फोकस नेपालद्धारा सञ्चालित सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बिहिबार आज देखि आफ्नो प्रसारण यात्राको आठौ बर्षमा प्रवेश गर्दैछ । २०६७ साउन २६ गते देखी नियमित प्रसारण आरम्भ गरेको रेडियोले बिहिबार आज देखि आफ्नो प्रसारण यात्राको आठौ बर्षमा प्रवेश गर्न लागेको हो । 

“आर्थीक समृद्धी स्वाभिमान समाज रुपान्तरण हाम्रो अभियान” भन्ने मूल नाराका साथ रेडियो अमरगढीको आठौ बार्षिकोत्षव कार्यक्रम भब्य रुपमा मनाउन लागिएको रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले बताएका छन ।

निर्माण व्यवसायी सघंको हलमा बिहान ७ बजेदेखि औपचारीक कार्यक्रमको उद्धाटन गरि मनाइने भब्य बार्षिकोत्षव कार्यक्रम अन्तर्गत उपक्षेत्रीय अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण, नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डडेल्धुरामा रक्तदान गरिनुका साथै बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि रहेका छन । यसैबीच रेडियोलाई आर्थिक, सामाजिक, भौतिक तथा नैतिक तवरबाट सहयोग गर्ने श्रोताबर्ग, सघं–संस्था तथा बिज्ञापनदाताहरुलाई धन्यबाद दिदैँ आज सम्मान गरिने रेडियोका प्रवन्ध निर्देशक छत्र साँउदले बताएका छन ।

हामी मन पराइदिनुस भन्दैनौ।। मात्र तपाईंको साथको अपेक्षा गरिरहन्छौ ।। 
।।।।।।।।।।।।।शुभकामना सन्देश।।।।।।।।।।।।।।। 
घरघरको आवाज बनि स्थापित हुन सफल भएको यस रेडियो अमरगढीलाई सातवर्ष सम्म निरन्तर सहयोग गर्नु हुने सुभचिन्तक,विज्ञापनदाता, संचारकर्मि, श्रोताहरु,राष्ट्रसेवक कर्मचारी, कृषक, राजनैतिकदल,शिक्षक, विद्यार्थी, महिला दिदिवहिनी र यहाँसम्म पु¥याउन महत्वपुर्ण भुमिका खेल्नु हुने सम्पुर्ण कर्मचारीहरुमा हार्दिक आभार व्यक्त गर्दै आगामि दिनमा यसलाई अझ उचाईमा पु¥याउन सवैको उल्लेखनिय सहयोगको अपेक्षा गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा