पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छाउपडी प्रथा पहिलो पटक कानुनी दायरामा ।।

सरकारले छाउपडी प्रथालाई कानूनी दायरामा ल्याएको छ । नेपालको पश्चिमी क्षेत्रमा कायम सो प्रथाका कारण सुत्केरी तथा रजश्वला भएका महिलाले ज्यान गुमाउनेको संख्या बढेको भन्दै सरकारले सो प्रथालाई फौजदारी कानुनको हिस्सा बनाएको हो । महिलामाथि हुने विभेदजन्य व्यवहारलाई कसुर मानिएको मुलुकी अपराध संहिता विधेयक २०७४ ब्यवस्थापिका संसदको आजको बैठकले सर्वसम्मतिले पारित गरेसँगै छाउपडी प्रथा कानुनी दायरामा आएको हो ।

सरकारले मुलुकी अपराध संहिताको दफा १ सय ६० मा उपदफा थप गरी छाउपडीलाई कसुर घोषित गरेको छ । विधेयक पारित भएसँगै महिलालाई छाउगोठमा बस्न बाध्य बनाउनेलाई अब तीन महिना जेल सजाय, तीन हजार रुपैयाँ जरिवाना वा कसुरको प्रकृति हेरेर दुवै सजाय हुन सक्ने ब्यवस्था भएको छ । यस्तै संसदको आजको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक २०७४ पनि सर्वसम्मतिले पारित गरेको छ ।

फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक २०७४ भने गणपुरक संख्या नपुगेपछि आजको बैठकबाट पारित हुन सकेन । संसदको अर्को बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा