पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धनगढी–दिपायल फाष्ट ट्रयाक निमार्णमा ढिलाई ।।

दिपायल फाष्ट ट्रयाक नबन्दा बर्सेनी ४० करोडको बढी ईन्धन खपत भईरहेको छ । स्याउले देखि दिपायल सम्मको ८० किलोमिटर दूरीको सडक निर्माणको चालचुल नहुँदा अहिले भीमदत्त पन्त राजमार्ग भएर दिपायल पुग्न १०५ किलोमिटर बढी यात्रा गर्नु परिरहेको छ ।
१४ वर्ष अघि अर्थात २०६० सालमा खुटिया—दिपायल फास्ट ट्रयाक सुरु भएपनि विपिनगरमा योजना कार्यालय खोल्नु बाहेकको काम हुन सकेको छैन । यसपाली धनगढीलाई जिरो प्वाईन्ट राखेर धनगढी दिपायलको दुरी ९६ किलोमिटरको भएको छ । सडकको निर्माण कार्य कछुवाको गतिमा भईरहदा सडक निर्माणमा कति वर्ष लाग्ने हो भन्न सकिने अवस्था छैन ।तर अबको १० वर्षभीत्रै पनि सो सडक बनेमा नेपालीको चार अर्व रकम ईन्धनका लागि भारतज जाने निश्चित छ । फाष्ट ट्रयाकको लागत झण्डै एक अर्व गरिएकोमा त्यो तयार हुँदा सम्म लागतको चार गुना बढी रकम ईन्धन बाफत मात्रै सकिने भएको छ । ईन्धन बाफतको रकम मात्रै होईन, फाष्ट्र ट्रयाक बनेमा यात्रुहरुको आधाभन्दा बढी समय बचत हुनेछ ।ट्राफिक प्रहरीको तथ्यांक अनुसार अत्तरीया र डडेल्धुराको स्याउले हुँदै दैनिक झण्डै ८ सयको हाराहारीमा सवारी साधनहरुले पहाडी जिल्ला र तराईमा ओहोर दोहोर गर्छन । वढ्दो सवारी चापका कारण हाल सञ्चालनमा रहेका पहाडी राजमार्गहरु कम समयमै भत्किने मात्रै होईन सवारी दुर्घटना वढ्नुका साथै सवारी आवागमन पनि अस्तव्यस्त वनेको सडक डिभिजन कार्यालयका ईन्जिनियर मेहन्द्र पन्तले बताउनुभयो ।

झण्डै ८ सय सवारीमध्ये डोटी अछाम र वाजुरा जाने सवारीको संख्या झण्डै ५ सय रहेको छ ।त्यसमा ४ सय डिजेल र एक सय पेट्रोलवाट चल्ने सवारी साधन हुने हो भने डिजेलवाला चार पाङग्रे चार सय गाडीले एक दिनमा १० हजार लिटर एक महिनामा ३ लाख लिटर र एक वर्षमा ३६ लाख लिटर डिजेल वढी प्रयोग गर्छन । अहिलेको डिजेलको मुल्य ७६ रुपैयाले हिसाव गर्ने हो भने डिजेल वाफतको मात्रै झण्डै २७ करोड ३७ लाख रकम बढी खर्च भईरहेको छ । सोही सडकमा एक सय पेट्रोलवाट चल्ने गाडीको हिसाव गर्ने हो भने उनीहरुले दिनमा २ हजार ५ सय लिटर, महिनामा ७५ हजार लिटर र एक वर्षमा ९ लाख लिटर खपत गर्छन । यसलाई अहिलेको पेट्रोलको मुल्य एक सय रुपैया प्रति लिटरले हिसाव गर्दा ९ करोड रकम हुन आउँछ ।दैनिक ५ सयको संख्यामा गुड्ने गाडीले एक सय ५ किलोमिटर लामो सडक भएका कारण वर्षमा झण्डै साढे ३६ करोडको पेट्रोलियम पदार्थ चार प्राङगे सवारी साधनहरुले खपत गर्ने गरेको पाईएको सुदुरपश्चिम यातायात व्यवसायी समितीका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताउनुभयो । कैलालीका सुदुरपश्चिम र कर्णाली, कञ्चनपुरका महाकाली सेती, पवनदुत र नमस्ते शुक्लाफाटा, डडेल्धुराको उग्रतारा र डडेल्धुरा तथा डोटीको शैलेश्वरी यातायातका सयौ यात्रुवहाक वसहरु कैलाली कञ्चनपुरदेखि डोटी अछाम वाजुरा जाने र आउने गर्छन ।सेती र महाकाली यातायात व्यवस्था कार्यालयका तंथ्याक अनुसार दुवै अञ्चलमा झण्डै १५ हजार चार प्राङग्रे सवारी साधनहरु दर्ता भएका छन ।

तिनीहरुका साथै दुई प्राङग्रे मोटरसाईकल र स्कुटीवाट पनि धेरैले यात्रा गर्छन् । यसलाई पनि मोटामोटी हिसाव गर्ने हो भने झण्डै ४ करोडको ईन्धन प्रयोग हुने गरिएको छ । ईन्धन डिजेल चार पाङग्रे र दुई पाङगेको लेखाजोखा गर्दा वर्षमा ४० करोडभन्दा वढी रकम पेट्रोलियम पदार्थमा खर्च भईरहेको छ ।तर पेट्रोलियम पदार्थका लागि नेपालले भारतको भर पर्नु परिरहेको सेती महाकाली टक व्यवसायी समितीका उपाध्यक्ष चेतराज जोशीले बताउनुभयो । खुटिया—दिपायल द्रुत मागर्गका काम तिब्र गतीमा भए, ट्रयाक खोल्ने कामकै लागि कम्तीमा ३ वर्ष लाग्छ । अहिलेको वजेट अनुपात हेर्दा ट्रयाक खुलेपछि कालोपत्रे हुन झण्डै ७ वर्षभन्दा वढी लाग्छ । एक किलोमिटर कालोपत्रे गर्नका लागि एक करोड ८० लाख खर्च हुने ईस्टिमेट वनाएको छ ।धनगढी–दिपयाल फास्ट ट्रयाक योजनाका प्रमुख राजेन्द्र शाहका अनुसार ९६ किलोमिटर कालोपत्रे हुनका लागि झण्डै एक अर्व ३ करोड रकम आवश्यक पर्ने देखिन्छ । तर सडक निर्माण हुन १० वर्ष लागेमा वर्षेनी ४० करोडका दरले १० वर्षमा चार अर्व रकम पेट्रोलियम पदार्थ ल्याउनमै खर्च हुने देखिएको छ । भिमदत्त पन्त र केआईसिंह राजमार्गमा केही किलोमिटरको दुरीमा वजारहरु स्थापना भएका छन ।त्यहाँका स्थानीयले व्यवसाय गरेर करौडौ कमाएका छन । आफ्ना कृषि उत्पादनलाई वजारसम्म पुराएका छन । त्यही आशा लिएका डोटीको वर्छैन, खसरे र कफल्लेकीदेखि दिपायलसम्म विभिन्न क्षेत्रका वासिन्दाहरु आशै आशामा वसिरहेका छन । आर्थिक उन्नतिको पहिलो खुटकिलो मानिने सडक वनेमा धेरै जना आर्थिक रुपमा समक्ष हुने भएकोले द्रतमार्गको काम छिटो सुरु हुनुपर्ने शैलेश्वरी यातायात डोटीका सचिव मनवहादुर धामीले बताउनुभयो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा