पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खहरेखोलाले पुल बगाएपछि परशुरामका बासिन्दालाई आवतजावतमा समस्या ।।

डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का स्थानियबासिन्दालाई जोड्ने पुललाई खहरेखोलामा आएको बाढिले क्षति पु¥याएपछि स्थानियबासिन्दालाई आवत–जावतमा समस्या भएको छ ।

गएको साउन १९ गतेको अबिरल बर्षापछि आएको बाढिले पुलका तालजालि बगाएपछि वडा नम्बर ८र ९ का बेबरी जमरानिका सयौ बासिन्दा समस्यामा परेको स्थानिय समाजसेवी बिरे धामिले बताउनु भएको हो । पुलमा क्षति पुगेपछि बेवरी र जमरानिबाट बिधालय जाने सयौ बिधार्थिहरुलाई आवतजावतमा समस्या भईरहेको उहाको भनाई रहेको छ ।

जमरानि बेबरि नजिकै रहेको पुलका धेरजालि बगाएपछि डरैडरैका साथ यात्रा गर्नु पर्ेको स्थानियबासिन्दाले बताएका छन । बाढिले स्थानियबासिन्दाको जग्गाजमिन, सिचाई कुलो समेत बगाएको जानकारि सहकर्मि लाल बहादुर नेगिले दिनु भएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा