पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका ग्रामीण सडकको स्तरोन्नती गर्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता ।।

सपना सिंह,साउन २५,डडेल्धुरा
डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएका छन । बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । बधाई तथा स्वागत कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा (विपिन)ले सडकहरुको स्तारउन्नती गर्नको लागि आफूले सडकको गुरु योजना बनाएर अगाडि बढ्ने बताएका छन् । उनले नरपालिकाका भित्ररहेका ग्रामीण सडकको स्थर सुधार धारण व्यक्त गरेका छन् । साथै उनले आगामी दुइ वर्ष बगबजार क्षेत्रको सडकलाई बिस्तार गर्ने समेत बताएका छन । यस्तै सोही कार्यक्रममा बोल्दै गन्यपधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले ग्रामीण सडकको अवस्था दयनीय भएको बताउँदै सडक सुधारमा हामी नवनिर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने बताएका छन । शुरुमा सडक खन्न हतार हुने र पछि गाडि चलाउन पनि हतार हुने हुँदा ग्रामीण क्षेत्रका सडकहरु दर्घकाल सम्म टिक्न नसकेको अध्यक्ष मल्लको भनाइ थियो । उनले सडक निर्माण हुँदा दक्ष ईन्जिनियर नहुँदा पनि ग्रामीण क्षेत्रका सडकहरु वर्षै पिच्छे वर्षातको समयमा झत्किने धारणा राखेका थिए । साथै उनले सम्बन्धित निकायले सडकको अनुगमन नगर्ने गरेको आरोप समेत लगाएका छन । यस्तै कार्यक्रममा आफ्नो धारण राख्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले
गाउँपालिकामा सडकको समस्या भएको भन्दै गाउँपालिकालाई सडक सञ्जाल बिस्तार गर्ने बताएका छन । सडक सञ्जाल बिस्तारभए गाउँपालिकामा मिनी बस संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्यक्ष भट्टले बताएका छन् । सडकहरु वातावरणमैत्री नभएको भन्दै सडकलाई वातावरण मैत्री बनाउनु पर्ने उनको धारण थियो । नवनिर्वाचित जनप्रतिनिधिहरु र यातायाता व्यवसायीहरुले सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो । बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराका अध्यक्ष सन्तोष खड्काले पहिलेको भन्दा अहिले ग्रामीण भेगका सडकहरु सुधार भएको बताएका छन । ‘केही वर्ष अगाडि वर्षातमा ग्रामीण सडकमा गाडीहरु सञ्चालन गर्न धेरै चुनैती थिए’ अध्यक्ष खड्काले भने अहिले केही सुधार भएको धारण व्यक्त गरे । 
साथै उनले जनप्रतिधिनिहरु साँघुरा सडकहरुलाई चौडा बनाउन पनि आग्रह गरेका छन । उग्रतारा सार्वजनिक यातायात व्यवासायी समितिले दुई नपरपालिका र पाँच गाउँपालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष लाई दोसल्ला ओडाई सम्मनका साथै मायाको चिनो समेत प्रदान गरेको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा